एजेन्सी- बलिउडको लागि यस वर्ष सन २०२१ त्यति खास भएन । यस वर्ष केही बलिउड स्टारको लागि निकै राम्रो साबित भयो भने कसैका लागि निकै खराब साबित भयो । अहिले यस वर्षमा सामाजिक सञ्जालमा सबैभन्दा धेरै खोजिएका स्टारको नाम सार्वजनिक भएको छ । जसमा टिभी क्षेत्रको चर्चित नाम तथा टिभी अभिनेता सिद्धार्थ शुक्लाको नाम सबैभन्दा आगाडी आउँछ ।
अहिले अभिनेता सिद्धार्थ शुक्लाको निधन भइसकेको छ । टिभी अभिनेता तथा बिग बिस सिजन १३ बिजेता सिद्धार्थ शुक्लाको नाम सामाजिक सञ्जालमा सर्वाधिक खोजिने कलाकारको सूचीमा परेको छ । उनको यही वर्ष सन २०२१ सेप्टेम्बर २ मा हृदयघातका कारण निधन भएको थियो । त्यसपछि अभिनेताका फ्यानले उनलाई सामाजिक सञ्जालमा उनी सम्बन्धी गरेका जानकारी पाउनको लागि सामाजिक सञ्जालमा खोजी गरेका छन् ।
यस लिस्टमा बलिउड अभिनेता सलमान खानको नाम दोस्रो नम्बरमा आउँछ । बलिउड अभिनेता सलामन खानलाई पनि सामाजिक सञ्जालमा निकै सर्च गरिन्छ । अभिनेताका लाखौँ फ्यानहरु भएको हुँदा उनि सम्बन्धी हरेक जानकारी पाउनको लागि गुगलमा धेरै सर्च गर्छन् ।
सामाजिक सञ्जालमा खिजि गरिने स्टारमा साउथ अभिनेता अल्लु अर्जुन तेस्रो स्थानमा पर्दछन् । अल्लु अर्जुनलाई गुगलमा धेरै नै खोज्ने गरिन्छ ।
चौथो स्थान पुनीत राजकुमारले हासिल गरेका छन् । यो वर्ष उनको मृत्युको खबरले सबैलाई अचम्ममा पारेको छ । उनको मृत्युले स्तब्ध भएका मानिसहरुले सामाजिक सञ्जालमा उनको धेरै नै खोजी गरेका थिए ।