द रककी २० वर्षीय छोरीले WWE मा मच्चाउँदैछिन् तहल्का, हेर्नुस् लोभलाग्दा तस्बिरहरु

एजेन्सी : ९० को दशकमा बच्चाहरुबीच डब्ल्युडब्ल्युई(WWE) को निकै क्रेज थियो। बच्चाहरुले धेरैजसो रेस्लरको कार्ड्स पनि राख्ने गर्थे। तीमध्ये एक थिए द रक(The Rock) यानी हलिउड स्टार ड्वेन जोनसन(Dwayne Johnson) जसले रिङ्गमा तहल्का मच्चाउने गर्थे।

अब रकको सन्तान रिङ्गमा आउन तयार छन्। द रककी छोरी साइमोन अलेक्जेन्डर जोन्सन(Simone Alexandra Johnson) डब्ल्युडब्ल्युईमा कदम राख्दै छिन्। उनले पछिल्लो समय निकै चर्चा बटुलिरहेकी छिन्।

साइमोनले गत वर्षदेखि नै डब्ल्युडब्ल्युई नेक्स्ट(WWE, NXT) को लागि प्रशिक्षण लिन सुरु गरेकी थिइन्। रक स्वयम् पनि उनको प्रशिक्षण केन्द्रमा पुगेका थिए। चाँडै साइमोनको नाम मेन रोस्टरमा समावेश हुनेछ।

डब्ल्युडब्ल्युईमा प्रवेश गर्नु अघि नै साइमोनको राम्रो फ्यान फलोइङ छ। किनकी यसअघि उनी मोडेलिङ गर्थिन्। यसबाहेक उनी सामाजिक सञ्जाल इन्स्टाग्राममा आफ्नो तस्बिरहरु पोस्ट गरिरहन्छिन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार साइमोनसँग सन् २०२१ सम्म ६० मिलियन डलर नेट वर्थ छ। जबकि उनका पिता द रकको नेट वर्थ ११० मिलियन डलर छ। मोडेलिङबाट साइमोनले करौडौं कमाई गरेकी छिन्।

साइमोन जोन्सनलाई सामाजिक सञ्जाल इन्स्टाग्राममा हाल समाचार तयार पार्दासम्म ४ लाख ४० हजारले पच्छ्याएका छन्। सन् २००१ अगस्ट १४ मा जन्मिएकी साइमोन अहिले २० वर्षकी भईन्। २० वर्षको उमेरमै उनले राम्रो लोकप्रियता हासिल गरेकी छिन्।

प्रकाशित : बुधबार, पुष १४, २०७८१२:३६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आम बनेपछि मोटाएर झनै सुन्दर बनेकी अभिनेत्री प्रियंकाले सार्वजनिक गरिन् यस्ता तस्बिर, तस्बिर भाइरल हुँदै !