२०७९ सालभित्र विवाह गर्न सक्छु, अभिनेत्री रेखा थापा !

विगत १ दशक देखि एकल जीवन बिताउँदै आएकी नायिका रेखा थापा २०७९ साला भित्रमा विवाह बन्धनमा बाधिने भएकी छिन् ।

पछिल्लो समयमा अभिनेत्री रेखा थापालाई जता गएपनि विवाहको प्रश्न निकै आउने गरेका छन् । पछिल्लो समयमा अभिनेत्रीले दिएका विभिन्न अन्तर्वार्तामा पनि देख्न सकिन्छ । अभिनेत्रीलाई विवाह कहिले गर्ने भन्ने प्रश्न निकै आउने गरेका छन् । नेपाली फिल्म निर्माता छविराज ओझा सँगको सम्बन्ध विच्छेदपछि अभिनेत्री एकल जीवन बिताउँदै आएकी थिइन् ।

एक अन्तर्वार्तामा अभिनेत्री रेखाले विवाहको विषयमा कुरा गर्दा अहिले उनले चाहे जस्तो केटा खोजिरहेको र २०७९ साला भित्रमा विवाह हुन सक्ने बताएकी छिन् । साथै अभिनेत्रीले फिल्म क्षेत्रको भन्दा बाहिरी क्षेत्रको मानिससँग विवाह गर्ने चाहेको बाताएकी छिन् । साथै अभिनेत्रीले  उनिसँग विवाह हुने केटा आफू जस्तै, विचार मिल्ने, मन मिल्ने चाहेको बताएकी छिन् र आफू साधारण मानिसको भएको हुँदा सामान्य तरिकाले विवाह गर्ने बताएकी छिन् ।

साथै अभिनेत्रीले अन्य मानिसलाई पनि आफ्नो विवाह अरुको जस्तै हुनुपर्छ भनेर आफ्ना अभिभावकलाई दु:ख नदिन पनि भनेकी छिन् ।

 

प्रकाशित : मङ्गलबार, पुष १३, २०७८१३:५०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

तस्बिरमा देखिएकी यी निर्दोष बालिकालाई चिन्नुभयो ? अहिले बलिउडका नायिका मध्ये छिन् सबैभन्दा सुन्दर!