तस्बिरमा देखिएकी यी निर्दोष बालिकालाई चिन्नुभयो ? अहिले बलिउडका नायिका मध्ये छिन् सबैभन्दा सुन्दर!

भारतीय टेलिभिजन तथा बलिउडमा केही यस्ता कलाकार छन् जसको एक झलक पाउन मानिसहरु निकै आतुर हुने गर्दछन् । मानिसहरु आफूलाई मन पर्ने स्टारको तस्बिर तथा भिडियो हेर्नको लागी सधैँ प्रतीक्षामा हुने गर्दछन् । यस्तो अवस्थामा जब उनीहरुको तस्बिर सामाजिक सञ्जालमा आउँछ भाइरल हुन केही समय पनि लाग्दैन ।

त्यस्तैमा अहिले एक एक टिभी अभिनेत्रीको बाल्यकालको तस्बिर सामाजिक सञ्जालमा तीव्र रुपमा भाइरल भइरहेको छ । जुन देखेर तपाई पनि छक्क पर्नुहुनेछ । यति मात्र होइन अभिनेत्रीको बाल्यकालको तस्बिर हेर्दा उनको नाम थाहा पाउन पनि तपाईलाई मुस्किल हुनेछ । अहिलेको समयमा यी अभिनेत्रीको लोकप्रियता कुनै अभिनेत्रीको भन्दा कम छैन ।

तस्बिरमा देखिएकी यी निर्दोष बालिका अरु कोही नभई टेलिभिजन क्षेत्रको चर्चित अभिनेत्री जन्नत जुबैर रहमानी हुन् । अहिलेको समयमा टेलिभिजन क्षेत्रमा मात्र लोकप्रियता हासिल गरेकी छैनन् । उनको सामाजिक सञ्जालमा पनि ठुलो सङ्ख्यामा फ्यान फलोइंग रहेको छ । अहिलेको समयमा अभिनेत्रीको इन्स्टाग्राममा ४ करोड भन्दा बढी फ्यान फलोइंग रहेको छ ।

८ वर्षको उमेरदेखि अभिनय गर्न थालेकी जन्नतले थुप्रै टिभी सिरियलमा काम गरेकी छिन् ।

प्रकाशित : मङ्गलबार, पुष १३, २०७८१५:५२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यति धेरै रकम खर्च गरेर अभिनेत्री मलाइका देखिइन् यस्तो रुपमा, तस्बिर भाइरल हुँदै !