साडी लगाएर यस्तो रुपमा देखिइन् श्वेता, तस्बिरबाट नजर हटाउन् सकेनन् फ्यानले !

टेलिभिजन क्षेत्रपछि पछिल्लो समयमा बलिउडमा आफ्नो जादु चलाई रहेकी अभिनेत्री श्वेता तिवारी कुनै न कुनै कारणले सामाजिक सञ्जालमा चर्चामा आउने गरेकी छिन् । अभिनेत्री उनले सामाजिक सञ्जालमा पोस्ट गरेको तस्बिर तथा फिटनेस लिएर प्राय: चर्चामा रहन्छिन् । उनले आफ्नो अभिनय र मनमोहक प्रस्तुतिले अभिनय क्षेत्रमा छुट्टै स्थान बनाएकी छिन् र दर्शकमाझ निकै लोकप्रिय छिन् ।

यति बेला श्वेता उनको पछिल्लो तस्बिरको कारणले चर्चामा आएकी छिन् । हालै अभिनेत्रीले आफ्नो इन्स्टाग्राम पेजमा केही तस्बिर शेयर गरेकी छिन्। जसमा उनी पहिले भन्दा निकै सुन्दर देखिएकी छिन् । सार्वजनिक तस्बिरमा श्वेतालाई रातो रंगको साडी लगाएको देख्न सकिन्छ । उनले यस तस्बिरले फेरी एक पटक फ्यानहरुको मन जितेका छन् ।

तस्बिर सार्वजनिक गर्दै श्वेताले क्याप्सनमा लेखेकी छिन् ‘विवाहको सिजन छ’ अभिनेत्री ४१ वर्षको उमेरमा पनि आफ्नो फिटनेसमा निकै सजग छिन् । जुन निकै प्रशंसनीय छ । तस्बिर हेरेर अभिनेत्री ४१ वर्ष भइन् भनेर मानिसहरुलाई पत्याउन निकै मुस्किल छ । अहिले श्वेताले सार्वजनिक गरेको तस्बिरमा लाखौँ मानिसले लाइक तथा कमेन्ट गरिरहेका छन् ।

प्रकाशित : मङ्गलबार, पुष १३, २०७८१३:०७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

२०७९ सालभित्र विवाह गर्न सक्छु, अभिनेत्री रेखा थापा !