विगत १ दशक देखि एकल जीवन बिताउँदै आएकी नायिका रेखा थापा २०७९ साला भित्रमा विवाह बन्धनमा बाधिने भएकी छिन् ।
पछिल्लो समयमा अभिनेत्री रेखा थापालाई जता गएपनि विवाहको प्रश्न निकै आउने गरेका छन् । पछिल्लो समयमा अभिनेत्रीले दिएका विभिन्न अन्तर्वार्तामा पनि देख्न सकिन्छ । अभिनेत्रीलाई विवाह कहिले गर्ने भन्ने प्रश्न निकै आउने गरेका छन् । नेपाली फिल्म निर्माता छविराज ओझा सँगको सम्बन्ध विच्छेदपछि अभिनेत्री एकल जीवन बिताउँदै आएकी थिइन् ।
एक अन्तर्वार्तामा अभिनेत्री रेखाले विवाहको विषयमा कुरा गर्दा अहिले उनले चाहे जस्तो केटा खोजिरहेको र २०७९ साला भित्रमा विवाह हुन सक्ने बताएकी छिन् । साथै अभिनेत्रीले फिल्म क्षेत्रको भन्दा बाहिरी क्षेत्रको मानिससँग विवाह गर्ने चाहेको बाताएकी छिन् । साथै अभिनेत्रीले उनिसँग विवाह हुने केटा आफू जस्तै, विचार मिल्ने, मन मिल्ने चाहेको बताएकी छिन् र आफू साधारण मानिसको भएको हुँदा सामान्य तरिकाले विवाह गर्ने बताएकी छिन् ।
साथै अभिनेत्रीले अन्य मानिसलाई पनि आफ्नो विवाह अरुको जस्तै हुनुपर्छ भनेर आफ्ना अभिभावकलाई दु:ख नदिन पनि भनेकी छिन् ।