टाइगरका फ्यानका लागि दुखद खबर, शुटिंगका ​​क्रममा घाइते भएका अभिनेता: अनुहारको यस्तो भयो हालत !

अहिलेको समयमा आफ्नो उत्कृष्ट अभिनय र एक्सन दृश्यको कारण चर्चामा आउन सफल युवा अभिनेता टाइगर श्रोफलाई हेर्न फ्यानहरू सधैँ आतुर हुन्छन् । अभिनेता केही समययता उनको आगामी फिल्म ‘गणपत’ को सुटिङमा व्यस्त छन् । तर हालै फिल्मको सेटबाट टाइगरका फ्यानलाई चिन्तित बनाउने एक खबर आएको छ ।

अहिलेको समयमा अभिनेता टाइगर श्रोफ उनको आगामी फिल्म ‘गणपत’ को सुटिङमा बेलायतमा व्यस्त छन् । सुटिंगको क्रममा उनको आँखामा चोट लागेको खबर अहिले भारतीय मिडियामा आएको छ । यस कुराको जानकारी टाइगर आफैले दिएका छन् । टाइगर सामाजिक सञ्जालमा निकै सक्रिय छन् । उनी प्रायः आफ्नो कसरत र स्ट-न्टको भिडियो शेयर गर्छिन्।

अभिनेता टाइगरले उनको इन्स्टाग्राम स्टोरीमा एक तस्बिर सार्वजनिक गर्दै यस कुराको जानकारी दिएका हुन् । जसमा उनको एउटा आँखा सुन्निएको र वरिपरि निलो भएको देख्न सकिन्छ । यो तस्बिर सँगै उनले लेखेका छन् ‘गणपत फाइनल काउन्ट-डाउन।’ टाइगरको फिल्म ‘गणपत’को कुरा गर्दा यो फिल्ममा उनीसँगै कृति सेनन मुख्य भूमिकामा देखिनेछिन् । यस फिल्मको साथै टाइगर ‘बागी ४’ र ‘हिरोपन्ती २’ मा पनि देखिनेछन् ।

 

 

प्रकाशित : बुधबार, पुष ०७, २०७८१५:४३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बो-ल्डनेस देखाउनको लागि यस्तो पहिरन लगाएर एयरपोर्ट पुगिन् पूनम पाण्डे, उड्यो सबैको होस !