एजेन्सी- बलिउड क्षेत्रमा आमिर खानको अभिनयमा मोहित नहुने सायदै कमै होलान् । अभिनेता आमिर खान वर्षमा १ मात्र फिल्ममा अभिनय गर्ने गर्दछन् साथै उनको अभिनय र उनी अभिनित फिल्मको निकै तारिफ हुने गरेको छ । अभिनेता आमिर सामाजिक सञ्जालमा खासै सक्रिय छैनन् । यति मात्र नभई आमिर कुनै पनि पार्टी तथा समारोहमा पनि सासै सहभागी हुँदैनन् ।
एक अन्तर्वार्ताका क्रममा बलिउड अभिनेता आमिर खानले आफ्नो ब्लग र असफलताको बारेमा बताएका थिए । जब उनलाई सामाजिक सञ्जालबाट टाढै बस्नको कारण सोधिएको थियो त्यति बेला उनले ब्लग लेख्न पनि छोडिसकेका थिए । त्यस समयमा आमिर खानले जवाफ भनेका थिए। ‘म सामाजिक सञ्जाल प्रयोग गर्दिन ताकि फ्यानहरूले म सामाजिक सञ्जाल मार्फत फिल्मको प्रचार गर्दैछु भनेर सोच्न नपरोस्।’
बलिउड अभिनेता आमिर खान स्टारर धूम ३ ले २० डिसेम्बर २०२१ मा ठूलो पर्दामा रिलीज भएको ८ वर्ष पूरा गरेको छ। फिल्म २०१३ मा सिल्वर स्क्रिनमा हिट भयो। फिल्ममा ज्याकी श्राफ र कट्रिना कैफले अभिनय गरेका थिए । अहिले अभिनेता आमिर अभिनित फिल्म ‘लाल सिंह चड्डा’ रिलिजको तयारीमा रहेको छ ।