बलिउड अभिनेत्री सारा यति बेला फिल्म ‘अतरंगी रे’ को प्रमोशनमा व्यस्त छिन् । यसै क्रममा अभिनेत्री एक गायन रियालिटी शोमा पुगेकी छिन् । कार्यक्रममा साराले यस्तो बेसुरको गीत गाइन् कि उनको त्यो भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेको केही समयमा निया भाइरल भएको छ।
बलिउड अभिनेत्री सारा अलि खान यति बेला एक गायन रियालिटी शोमा पुगेर गीत गएकी छिन् । जब साराले गीत गाउन सुरु गरेकी छिन् । त्यस समयमा उनको गायनबाट मानिसहरु प्रभावित हुनु पर्नेमा, अभिनेत्रीको गायन सुनेर आफ्नी हाँसोलाई रोक्न सकेका छैनन् । शोमा सारा एउटी सानी बच्चीलाई खुसी पार्न चाहन्थिन् । जसका कारण अभिनेत्रीले गीत गाउन थाल्छिन् त्यस समयमा अभिनेत्रीले गएको गीत सुनेर मानिसहरु डराएका छन् ।
सारा अली खान हालै आफ्नो बहुप्रतिक्षित फिल्म ‘अतरंगी रे’ को प्रमोशनका लागि गायन रियालिटी शो ‘सारेगामापा’ मा पुगेकी थिइन् । यस क्रममा अभिनेत्री सबैसँग मजाक गर्दै देखिएकी थिइन् । कार्यक्रममा एउटा यस्तो प्रसंग आयो जब अभिनेत्रीले आफ्ना सात सुर लगाउने प्रयास गरिन् तर अभिनेत्रीको एक सुर पनि लाग्न सकेन ।
अहिले सामाजिक सञ्जालमा सारा अली खानले गएको गीतको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । साराको गीतमा मानिस हरुले रमाइलो कमेन्ट गरिरहेका छन् । एक व्यक्ति कमेन्ट गर्दै लेखेका छन्, ‘यस्तो गीत गाएर बालिकाको जीवन खराब गर्दै छौँ । त्यसतै अर्को व्यक्तिले लेखेका छन्- ‘बच्ची बोर भएजस्तो लाग्छ’। तेस्रो प्रयोगकर्ताले लेखे- ‘यसलाई अटो ट्युन बनाउनुहोस् कमसेकम यो टोनी कक्कडको भन्दा राम्रो छ।’