♦ २०७८ साल पुस महिनाको राशिफल
♦ ज्योतिष हरिप्रसाद पौडेल
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
पठनपाठनका साथै बौद्धिक क्रियाकलापमा अभिरुचि बढेर जाने छ । शारीरि क आरोग्यता अनुकूल रहने छ । घरायसी खर्चको मात्रा बढेर जाला । कार्यव्यस्तता बढेर जानाले शारीरिक परिश्रम केही बढी नै पर्ने छ ।आकस्मिक यात्रा एवं भ्रमणको योग छ । दाम्पत्य सम्बन्धमा सामान्य असमझदारी बढेर जानेदेखिन्छ । प्रतिस्पर्धामा सफलता मिल्ने छ । आफन्तबाट सहयोग तथा सामाजिक मानप्रतिष्ठा प्राप्त होला । महिनाको प्रारम्भमा आर्थिक लाभका साथै मनोरञ्जनका अवसर मिल्ने छन्।
वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
सामान्य शारीरिक अस्वस्थताको सम्भावना देखिन्छ। कार्यव्यस्तता एवं दौडधूप केही बढी नै पर्ने छ । धार्मिक एवं सामाजिक काममा सहभागी हुनुपर्ला । सन्तान एवं पारिवारको चिन्ताले सताउला। आर्थिक पक्षका कामहरूमा भने राम्रै सफलता मिल्ने देखिन्छ । इष्टमित्र एवं आफन्तजनको सुख सहयोग राम्रै मिल्ने छ । महिनाको उत्तरार्धमा आँटेका काममा सफलता मिल्ने छ । दाम्पत्य एवं पारिवारिक सम्बन्ध सुमधुर बन्ने छ । महिनाको उत्तरार्धमा स्वास्थ्यमा क्रमशः सुधार हुँदै जानुका साथै रोकिएका काम बन्दै जाने छन्।
मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
शारीरिक आरोग्यताका साथै मानसिक प्रसन्नता बढेर जान्छ। स्थान परिवर्तन एवंआकस्मिक यात्राको सम्भावना छ । सामाजिक मानसम्मान एवं पदप्रतिष्ठा प्राप्त होला । रमाइलो ठाउँको भ्रमण गर्ने अवसर मिल्ने छ । आर्थिक पक्षका कामबाट राम्रै सफलता मिल्ने छ । अध्ययन अध्यापनमा गहिरो अभिरुचि लाग्ने छ । धार्मिक एवं सामाजिक क्षेत्रमा अभिरुचि लाग्ने छ । आफन्त एवं साथीभाइको सहयोग मिल्ने छ। नयाँ प्रेमसम्बन्ध गाँसिनुका साथै मनोरञ्जनका अवसर मिल्ने छन्।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
गर्नआँटेका काममा सामान्य बाधाअड्चन आइपर्ने देखिएपनि आत्मबल बढेर जानाले सफलता प्राप्त होला । सामान्य अस्वस्थताको सम्भावना छ। मानसिक दुविधा एवं अस्थिरता बढेर जाने छ । आर्थिक पक्षका काममा सामान्य प्रगति भएर जाने छ । पठनपाठनमा बाधाअड्चन आइपर्ने छन् । दाम्पत्य सम्बन्धमा असमझदारी एवं सामान्य विवाद निस्कने योग छ । महिनाको उत्तरार्धमा इष्टमित्र एवं पारिवारिक सुखसम्बन्ध राम्रो भएर जाने छ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –
उच्च मनोबलका साथ कार्यक्षमतामा उल्लेख्य वृद्धि भएर जानेछ। हर्ष आनन्द एवं मनोरञ्जनका अवसर मिल्ने छन् । शारीरिक आरोग्यताका साथै मानसिक प्रसन्नता बढेर जानेछ । दैनिक स्वास्थ्यमा सामान्य गड्बडी देखापर्ला । घरायसी खर्चको मात्रा बढेर जाने छ । पठनपाठनमा अभिरुचि जाग्ने छ । महिनाको पूर्वार्धमा सामान्य बाधाअड्चन देखिए पनि उत्तरार्धमा सफलता एवं मानसम्मान मिल्नुका साथै मनोरञ्जनका अवसर मिल्ने छन् ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –
अनावश्यक दोष एवं अपजस आइपर्ने देखिएकाले सावधानीपूर्वक काम गनुपर्ने छ। काम विगार्न खोज्ने एवं रिस गर्नेहरू प्रशस्त देखिने छन् । घरायसी एवं पारिवारिक चिन्ताले सताउने देखिन्छ । मानसिक अस्थिरता एवं दुविधा बढेर जाने छन् । पठनपाठनका साथै गर्नआँटेका काममा बाधाअड्चन आइपर्ने देखिन्छ। महिनाको उत्तरार्धमाआकस्मिक यात्रा एवं स्थान परिवर्तनको सम्भावनाका साथै मनोरञ्जनका अवसर मिल्ने छन् ।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –
आत्मबल बढेर जानाले कार्यक्षमतामा उल्लेख्य वृद्धि भएर जाने छ । शारीरिक एव मानसिक आरोग्यता अनुकूल रहने छ । वादविवाद एवं प्रतिस्पर्धामा जीत तपाईंकै हुनेछ । आर्थिक कारोबारमा राम्रै सफलता मिल्नेछ भने रोकिएका काम बन्दै जानेछन् । धार्मिक एवं सामाजिक काममा अभिरुचि बढेर जाने छ । बौद्धिक क्षमतामा वृद्धि हुनुका साथै पठनपाठनमा सफलता मिल्ने देखिन्छ । दाम्पत्य सम्बन्ध राम्रो भएर जानुका साथै रमाइलो ठाउँको भ्रमण एवं मनोरञ्जनका अवसर मिल्ने छन् ।
वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –
कार्यव्यस्तता बढेर जाने छ । आर्थिक लगानी एवं लेनदेन सम्बन्धी कारोबारमा साबधानी अपनाउनुपर्नेछ । शारीरिक आरोग्यता साथै मानसिक प्रसन्नता अनुकूल रहने छ । सामाजिक मानप्रतिष्ठा एवं मनोरञ्जनका अवसर मिल्ने छन् । आत्मबल बढेर जानाले जोशजाँगर थपिने छ । घरायसी व्यवहारका झमेलाले गर्दा अध्ययन अध्यापनमा बाधाअड्चन गराउने देखिन्छ । महिनाको पूर्वार्धमा धनागमको योग रहे पनि उत्तरार्धमा खर्च वृद्धि एवं मानसिकअस्थिरतता बढेर जानेछ।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –
अनावश्यक काममा केही बढी नै दौडधूप गर्नुपर्ने देखिन्छ । गर्नआँटेको काममा अनायासै नसोचेका झमेला आइपर्ने छन् । अस्वस्थता बढ्नसक्ने देखिएकोले आहारविहारमा विशेष विचारपु¥याउनुपर्ला । दाम्पत्य सम्बन्धमा केही कटुताको अनुभूति गराउने छ। अनावश्यक लाञ्छना एवं व्यर्थको विवादमा पार्ने देखिएकोले बोलीचाली एवं व्यवहारमा सतर्कता अपनाउनुपर्ने छ। आर्थिक हानिनोक्सानीको योग रहेकाले लेनदेनमा सावधानी अपनाउनुपर्ने छ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –
आँटेका काममा बाधाअड्चन आइपर्नुका साथै ढिलासुस्ती गराउने छ । स्वास्थ्यमा सामान्य गड्बडी आइपर्ने देखिन्छ । ठूला आर्थिक लगानी एवं लेनदेनसम्बन्धी कारोबार नगर्दा नै बेस होला । मानसिक अस्थिरता एवं दुविधा बढ्नेछ । अध्ययन अध्यापनमा बाधाअड्चनको सामना गर्नुपर्ने छ । महिनाको पूर्वार्धमा सामान्य कलह एवं मानहानिको सम्भावना रहेपनि उत्तरार्धमा सुखसन्तोष, मनोरञ्जन एवं धनागमको योग छ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –
उच्च मनोबलका साथ कार्यक्षमतामा समेत उल्लेख्य वृद्धि भएर जानेछ । विवादमा विजय एवं प्रतिस्पर्धामा सफलता मिल्ने छ । शारीरिक आरोग्यताका साथै मानसिक प्रसन्नता रहला । पारिवारिक सुखसम्बन्ध राम्रो रहने छ भने मनोरञ्जनका अवसर मिल्ने छन्। अध्ययन अध्यापनमा आएको अभिरुचि यथावत् रहने छ। महिनाको पूर्वार्धमा आकस्मिक यात्राको सम्भावना छ। आर्थिकपक्षका कामबाट राम्रै लाभ गराउने छ।
मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –
मनोबल बढेर जानाले प्रतिस्पर्धामा सफलता मिल्ने छ । आर्थिकपक्षका कामबाट सफलता मिल्ने छ । पठनपाठनमा समान्य बाधाअड्चन आइपर्ने छन् । रमाइलो पारिवारिक वातावरणको माहोल बन्ने छ । शारीरिक आरोग्यताका साथै मानसिक प्रसन्नता हुने छ । महिनाको उत्तरार्धमा दौडधूप एवं शारीरिक परिश्रम केही ज्यादा गर्नुपर्ने छ । रमाइलो ठाउँको यात्राका साथै मनोरञ्जनका अवसर मिल्ने छन् ।