केही दिनपछि बदलिने यी राशिको भाग्य, ठुलो आर्थिक लाभसहित मिल्नेछ सरकारी जागिर !

ज्योतिष शास्त्र अनुसार बुधलाई बुद्धिको कारक ग्रह मानिन्छ। बुध २९ डिसेम्बर को दिन ११:३० मा मकर राशिमा प्रवेश गर्नेछन् । शनि कुम्भ राशिमा प्रवेश नगरेसम्म बुध यही स्थितिमा रहनेछन्। बुध ग्रह लाभदायक हुनुका साथै प्रभावशाली पनि हुने गर्दछन् । अब हुने बुधको गोचरको प्रभाव सबै राशिहरूमा पर्ने भएको छ । तर तीन राशिका मानिसहरु सबैभन्दा बढी प्रभावित हुने भएका छन् । बुधको गोचरबाट कुन राशिका मानिसलाई बढी लाभ हुनेछ हेर्नुहोस् ।

वृष राशि

बुधको राशि परिवर्तनको कारण वृष राशिको मानिसले गरेको हरेक काममा सफलता मिल्नेछ । आर्थिक स्थितिमा सुधार हुनेछ । यसका साथ-साथै धन संचय गर्ने अवसर पनि मिल्नेछ । कुनै पनि काममा गरेको मिहिनेतले पूर्ण सफलताको साथै लाभ मिल्नेछ। यस राशि परिवर्तनको समयमा परिवारमा भएको आर्थिक समस्याबाट मुक्ति मिल्नेछ। साथै बुधको राशि राशि परिवर्तनको अवधिमा केही शुभ समाचार प्राप्त हुनेछन्।

वृश्चिक राशि

बुधको यस राशि परिवर्तन वृश्चिक राशिका लागि लाभदायक साबित हुनेछ। मकर राशिमा बुधको प्रवेशले अधुरा रहेका सबै काम बन्नेछ । यस बाहेक कामको खोजीमा सफलता मिल्नेछ । रोजगारीको लागि सुनौलो अवसर आउन सक्छ। अर्कोतर्फ सरकारी जागिर गर्नेहरुका लागि राशि परिवर्तन अवधि शुभ रहने छ । साथै आकस्मिक आर्थिक लाभ हुनेछ।

धनु राशि

बुधको राशि परिवर्तनले धनु राशिको लागि निकै शुभ हुने भएको छ । बुध मकर राशिमा रहेसम्म लाभै-लाभ मात्र हुनेछ। यस राशि परिवर्तनले धनु राशिका मानिसको बोलीमा मिठास आउनेछ, जसको कारण फाइदा पुग्नेछ । राशि परिवर्तनको समयमा आर्थिक लगानी लाभदायक हुन सक्छ। यसका साथै विलासी जीवनको पनि आनन्द लिनु हुनेछ ।

प्रकाशित : मङ्गलबार, पुष ०६, २०७८१६:१६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलि पुष ७ गते बुधबार :शुभ-अशुभ कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् भोलिको राशिफल !