रुँदै गरेकी सानी बच्चीलाई चिन्नुभयो ? २७ वर्ष जेठो बाउसरहको अभिनेतासँग गर्दैछिन् बिहे

एजेन्सी : बलिउड स्टारका एक झलक पाउन आजकल फ्यान्स मरिहत्ते गर्छन्। सामाजिक सञ्जालको यो युगमा फ्यानहरू आफ्ना स्टारका तस्बिर र भिडियोको उत्सुकताका साथ पर्खाइमा रहन्छन्। यसैबीच एक चर्चित बलिउड अभिनेत्रीको बाल्यकालको तस्बिर सार्वजनिक भएको छ, जसमा उनी आफ्नी आमासँग देखिएकी छिन्। यिनी बलिउडको एक सुपरस्टारसँगको सम्बन्धको अफवाहको कारण चर्चाको केन्द्रमा छिन्।

तस्बिर त सार्वजनिक भयो तर तस्बिरमा भएको सानी बच्ची कुन बलिउड अभिनेत्री हुन् भन्ने कुरा फ्यानहरुलाई अनुमान गर्न गाह्रो परिरहेको छ। खासमा यो तस्बिर अरु कसैको नभएर बलिउडकी प्रतिभाशाली अभिनेत्री फातिमा सना शेख(Fatima Sana Shaikh) को हो। फोटोमा उनी रुँदै पढिरहेकी छिन। उनीसँगै उनकी आमा पनि बसिरहेकी छिन् ।

फातिमा सना शेखको व्यक्तिगत जीवनको कुरा गर्ने हो भने उनी बलिउडका मिस्टर परफेक्शनिस्ट आमिर खानसँगको निकटतालाई लिएर अहिले निकै चर्चामा छिन्। २९ वर्षीय अभिनेत्री फातिमा २७ वर्ष जेठो अभिनेता आमिर खानसँग तेस्रो विवाह गर्ने तरखरमा रहेको हल्ला बलिउड नगरीमा अहिले चलिरहेको छ। उनले आमिर खानसँग फिल्म ‘दंगल(Dangal)’ मा पनि काम गरेकी छिन्, जसमा उनले आमिर खानकी छोरीको भूमिका निभाएकी थिईन्।

उनी फिल्म ‘ठग्स अफ हिन्दोस्तान(Thugs of Hindostan)’ मा आमिर खानसँग रोमान्टिक केमिस्ट्रीमा देखिएकी थिइन्। यद्यपि यो फिल्म बक्स अफिसमा फ्लप भयो। आगामी समयमा फातिमा फिल्ड मार्शल स्याम मानेकशा(Sam Manekshaw) को बायोपिक स्याम बहादुरमा भारतको पहिलो महिला प्रधानमन्त्री इन्दिरा गान्धीको भूमिका निर्वाह गर्दैछिन्।

प्रकाशित : सोमबार, पुष ०५, २०७८१४:४७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

लाइभ कार्यक्रम भईरहँदा यी गायिकाको ड्रेस अचानक खसेर ‘स्त:_-;न’ देखिएपछि….