मृत्युको मुखबाट बालबाल बाँचेका थिए शाहरुख, काजोलले बचाएकी थिईन् ज्यान

एजेन्सी : शाहरुख खानलाई बलिउडको रोमान्स किङ मानिन्छ। उनको दुवै हात फैलाउने वाला सिग्नेचर पोजलाई उनका फ्यान्सले असाध्यै मन पराउँछन्। उनी जहाँ पुगेपनि उनका फ्यान्सले उनलाई यो पोज गर्न आग्रह गर्छन्। उनका फिल्ममा पनि यो सिग्नेचर पोज हुनेगर्छ। फिल्म ‘दिलवाले’ मा पनि यो पोज दोहोर्याइएको थियो। तर दिलवाले (Dilwale) फिल्मको शूटिङमा यहीँ पोजवाला सिन खिच्दै गर्दा उनको ज्यान जोखिममा परेको थियो र त्यतिबेला काजोल उनको जीवनरक्षक बनेकी थिईन्।

वास्तवमा यो कुरा ‘गेरुआ(Gerua)’ सँग जोडिएको छ। यो गीत धेरै स्थानमा छायांकन गरिएको थियो, जसमध्ये केही ठाउँ खतरनाक पनि थिए। यो गीतमा एक ठाउँ झरनाको पछाडीको झरना पनि थियो। यहीँ गीतको सुटिङ चलिरहँदा शाहरुख खान ढुँगाबाट चिप्लेर लड्नै लागेका थिए र काजोलले उनलाई यो दुर्घटनाबाट बचाएकी थिईन्।

गीतको मेकिङ भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भईरहेको छ, जसमा काजोलले यस दुर्घटनाबारे कुरा गरेकी छिन्। यहीँ भिडियोमा शाहरुखले आफूलाई बचाएकोमा काजोललाई धन्यवाद व्यक्त गरेका छन्।

शाहरुख काजोललाई भन्छन् – ‘म मेरो जीवनको लागि तिम्रो ऋणी हुँ, अब मेरो जिन्दगी तिम्रो नामको भईसकेको छ।’ शाहरुख र काजोलले अहिलेसम्म थुप्रै फिल्महरुमा काम गरिसकेका छन्। यी दुईबीचको मित्रता पनि अटुट छ।

शाहरुख र काजोलको अनस्क्रिन केमेस्ट्रीबारे अधिकांस अवगत नै छन्। ‘दिलवाले दुल्हनिया ले जाएंगे(Dilwale Dulhania Le Jayenge)’ देखि  ‘दिलवाले’ सम्म यस जोडीलाई दर्शकले असाध्यै मन पराएका छन्। अझैँ पनि यिनको अनस्क्रिन जोडीलाई बलिउड इन्डस्ट्रीको सबैभन्दा उत्कृष्ट जोडी मानिन्छ।

प्रकाशित : आइतबार, पुष ०४, २०७८१९:४२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

‘से:-_;क्स सिन’ को कारण असन्तुष्ट थिए परिवार, यसकारण भयो नागा र सामन्थाको सम्बन्धविच्छेद