एजेन्सी : दक्षिण भारतीय चर्चित अभिनेत्री सामन्था अक्किनेनी(Samantha Ruth Prabhu) आजकल आफ्ना पूर्व पति नागा चैतन्यसँगको सम्बन्ध विच्छेदका कारण चर्चामा छिन्। अभिनेता नागा चैतन्यले आफ्नी श्रीमतीसँग सम्बन्ध विच्छेद गरेपछि यस विषयमा मौन बसेका छन् ।
यस क्रममा अभिनेत्री सामन्थाले धेरै पटक आफ्नो सम्बन्धविच्छेदको बारेमा खुलेर कुरा गरेकी छिन्। अर्कोतर्फ चैतन्य भने मौन छन्। यहीँ कारण अधिकांस उनका फ्यान्स के कारणले यी दुई अलग भए भन्ने कुरा जान्न चाहन्छन्।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार सामन्थाको बो_;-ल्ड रोल्स कसैलाई मन परेको थिएन्। नागा चैतन्य साथ-साथै उनका मातापिता पनि उनले फिल्ममा बो_;-ल्ड रोल्स नगरुन् भन्ने चाहन्थे।
केही भारतीय मिडिया रिपोर्ट्स अनुसार नागा चैतन्य र उनका परिवार वेब सिरिज ‘द फेमिली म्यान २(The Family Man 2)’ मा सामन्थाको बो:-_ल्ड सिन देखेर छक्क परेका थिए। साथै यसबारे असन्तुष्टि व्यक्त गरेका थिए। यसका साथै एक भिडियो भाइरल भईरहेको छ, जसलाई मानिसहरुले सम्बन्धविच्छेदको कारण मानिरहेका छन्। नागाको जुन भिडियो भाइरल भएको छ त्यो उनको एक अन्तर्वार्ताको भिडियो क्लिप हो।
उक्त अन्तर्वार्तामा नागा चैतन्यले मेरो परिवारलाई कुनै कुराले चोट पुर्याउँछ भने त्यो सहन नसक्ने बताएका छन्। नागा भन्छन्, ‘म जस्तोसुकै भूमिका खेल्न तयार छु । तर यदि मलाई लाग्छ कि कुनै कुरा वा अभिनयले मेरो परिवारलाई असर गर्छ भने म त्यो रेखा कहिल्यै पार गर्दिन।’
मानिसहरूले अहिले सामाजिक सञ्जालमा नागाको यो अन्तर्वार्तालाई सामन्था र नागाको सम्बन्धविच्छेदसँग जोडेर हेरिरहेका छन्। अल्लू अर्जुनको फिल्म ‘पुष्पा : द राइज(Pushpa : The Rise)’ मा सामन्थाको आइटम सङ रहेको छ , जुन हालै रिलिज गरिएको छ। यो गीतमा सामन्थाको बो_;-ल्ड डान्स मुव देख्न सकिन्छ। उनले आफ्नो करियरमा पहिलो पटक कुनै आइटम सङ गरेकी हुन्। सामन्थाले आफ्नो ११ वर्षको फिल्मी करियरमा एक से फिल्महरुमा काम गरेकी छिन्।
अहिले उनको फ्यान फलोइङ दक्षिण भारतमा मात्र हैन विदेशमा पनि उत्तिकै छ। वेब सिरिज ‘द फेमिली म्यान २(The Family Man 2)’ मा उनको भूमिकाले उनलाई अझैँ चर्चित बनाएको छ। सामन्था र नागाले सन् २०१७ मा धुमधामका साथ विवाह गरेका थिए। दुवैले दक्षिण भारतीय र क्रिश्चियन रितीरिवाज अनुसार विवाह गरेका थिए।