सन २०२१ लाई बिदा गर्न अब केही दिन मात्र बाकिछ । यस्तो अवस्थामा नयाँ वर्षमा कतिवटा ग्रहण लाग्दैछ । नयाँ वर्षमा जम्मा ४ वोटा ग्रहण लाग्दै छ जसमा २ वोटा सूर्य ग्रहण र २ वटा चन्द्र ग्रहण लाग्दैछ । हिन्दू धार्मिक मान्यता अनुसार ग्रहणलाई अशुभ मानिन्छ । त्यसैले ग्रहणको समयमा कुनै शुभ कार्य हुँदैन । सन २०२२ मा कहिले-कहिले लाग्दैछ जान्नुहोस्।
सन २०२२ को पहिलो सुर्य ग्रहण
सन २०२२ को पहिलो सूर्यग्रहण अप्रिल महिनाको ३० तारिक शनिबार लाग्दैछ । नेपालको समय अनुसार यो सूर्यग्रहण दिउँसो १२ः३० बजेदेखि साँझ ४ः२२ बजेसम्म रहनेछ। नेपालमा यो पहिलो सूर्यग्रहण आंशिक हुनेछ। यो सूर्यग्रहण दक्षिण र पश्चिम अमेरिका, प्यासिफिक एट्लान्टिक र अन्टार्कटिकामा देख्न सकिन्छ। साथै यस सूर्यग्रहणको सुतक पनि मान्य हुने छैन ।
सन २०२२ को दोस्रो सूर्य ग्रहण
सन २०२२ को दोस्रो सूर्यग्रहण अक्टोबर मनिनाको २५ तारिक शनिबार लाग्नेछ । नेपाको समय अनुसार यो सूर्यग्रहण साँझ ०४:४४ बजेदेखि साँझ ५ः५७ बजेसम्म लाग्नेछ । दोस्रो सूर्यग्रहण आंशिक हुनेछ। यो आंशिक सूर्यग्रहण युरोप, दक्षिण र पश्चिम एसिया, अफ्रिकामा देख्न सकिनेछ । यस आंशिक सूर्यग्रहणको सुतक अवधि नेपालमा मान्य हुने छैन।
सूर्य ग्रहण कसरी लाग्छ
सूर्य र चन्द्रमा एक अर्काको सिधा हुन्छन् त्यस समयमा सूर्यग्रहण लाग्छ। यस अवधिमा चन्द्रमाको आकार सानो भएकाले सूर्य चम्किलो औँठी जस्तो देखिन्छ।