यी ३ राशिका जातक हुन्छन् सबैभन्दा बढी रोमान्टिक

काठमाडौँ : कुनै पनि सम्बन्धमा विश्वास र प्रेम हुन् आवश्यक छ। विशेषगरी प्रेमिल जोडी या पति-पत्नीको सम्बन्धमा। सामान्यतया मानिसहरु आफ्नो जीवनसाथी वा प्रेमीप्रेमिका रोमान्टिक स्वभावको होस् भन्ने चाहन्छन्। ज्योतिषशास्त्रका अनुसार केही मानिसहरु जन्मजात रोमान्टिक प्रवृतिका हुन्छन् भने केही मानिसहरु जति प्रयास गरेपनि आफ्नो स्वभाव बदल्न सक्दैनन्।

प्रत्येक राशिको स्वभाव र गुण फरक हुन्छ। आज हामी तपाईलाई केही राशिका बारेमा बताउँछौँ जो अत्यन्तै रोमान्टिक स्वभावका हुन्छन्।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

सिंह राशिका मानिसहरु अत्यन्तै रोमान्टिक मानिन्छ। यस राशिका जातकका साथीभाइ वा परिवारका सदस्य यस राशिका व्यक्तिहरूको स्वभावबारे अवगत नै हुनुपर्छ। ज्योतिषशास्त्रका अनुसार सिंह राशिका व्यक्तिहरू आफ्नो पार्टनरलाई खुसी पार्न हरसम्भव प्रयास गर्छन्। यिनीहरु आफ्नो पार्टनरको कुरा मान्न सधैँ तयार हुन्छन्।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

ज्योतिषशास्त्र अनुसार वृष राशिका मानिसहरु सबैको अगाडि आफ्नो प्रेम व्यक्त गर्न हिचकिचाउँदैनन्। यिनीहरु अविश्वसनीय रूपमा रोमान्टिक हुन्छन्। यस राशिका जातकहरु अधिकांस निर्णय भावनामा बगेर लिन्छन्।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

यस राशिका मानिसहरुले तिनको रोमान्टिक स्वभावकै कारण अरुले सम्झिने गर्छन्। यिनीहरु बेला-बेलामा आफ्नो पार्टनरलाई प्रेमको अनुभूति दिलाउने गर्छन्। यिनीहरु  सकारात्मक सोचका हुन्छन् र प्रेममा विश्वास गर्छन्।

प्रकाशित : आइतबार, पुष ०४, २०७८२०:४१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

शनिको राशिमा शुक्र प्रवेशले जीवनमा हुनेछ उथलपुथल, जान्नुहोस् आफ्नो अवस्था !