गर्नुहोस् माता पार्वतीको यस रुपको पूजा, जीवनमा सुख-समृद्धि मिल्नुको साथै कहिले हुने छैन खाद्यान्नको कमी!

अन्नपूर्णा देवीलाई हिन्दु धार्मिक मान्यता अनुसार अन्नदाता देवी मानिन्छ। मान्यता रहेको छ की यी नै देवीको कृपाले संसारको पालनपोषण हुने जनविश्वास छ । घरको भान्छामा पनि अन्नपूर्ण देवीको तस्बिर राख्छन् । उनको कृपाले घरमा सुख-समृद्धि रहन्छ भन्ने मान्यता रहेको छ । साथै घरमा खानेकुराको कमी हुँदैन । अन्नपूर्ण जयन्ती यस वर्ष डिसेम्बर १९ तारिक आइतबार परेको छ ।

माता अन्नपूर्णा अन्नकी देवी हुन् । शास्त्रमा अन्नकी देवीको सम्बन्ध माता पार्वतीसँग पनि रहेको मान्यता रहेको छ । साथै यिनीहरूलाई शाकंभरी वा अन्नदा पनि भनिन्छ। अन्नपूर्ण जयन्ती माता अन्नपूर्णको आशीर्वाद प्राप्त गर्नको लागि विशेष छ। यस दिन साँचो मनले पूजा गर्नाले जीवनमा धन-धान्यको समस्याबाट मुक्ति मिल्छ।

पूजा विधि

बिहान सूर्य उदय हुनभन्दा पहिले नुहाएर सफा लुगा लगाउनुपर्छ । यसपछि घर र भान्छा राम्ररी सफा गर्नुहोस्। त्यसपछि गंगाजलले घर साथै भान्सा शुद्ध गर्नुहोस्। त्यसपछि भान्साको चुलोमा बेसार, कुमकुम, चामल र फूल चढाउनुहोस्। यस पछि, धूप-दीप बाल्नुहोस्। अन्नपूर्ण जयन्तीका दिन भान्सामा माता अन्नपूर्णाको तस्बिर राखी भक्तिपूर्वक पूजा गर्नुहोस् ।

अन्नपूर्ण जयन्तीको कथा
पुरातन कथा अनुसार काशीमा कुनै समयमा अनिकाल लागेको थियो । जसका कारण मानिसहरु भोकले समस्यामा परेका थिए । भोकले पिडित जनताको अवस्था देखेर भगवान शिवले जनताको पेट भर्न माता अन्नपूर्णासँग भिक्षा मागे । माता अन्नपूर्णाले भिक्षासँगै भगवान शिवलाई काशीमा कोही पनि भोकै नसुत्ने प्रतिज्ञा गर्नुभएको थियो । काशी जाने सबैलाई माता अन्नपूर्णाको आशीर्वादले भोजन मिल्ने जनविश्वास पनि छ ।

प्रकाशित : आइतबार, पुष ०४, २०७८११:४७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आइतबार भुलेर पनि खरिद नगर्नुहोस् यस्ता सामान, घरमा हुनेछ अशुभ साथै आर्थिक अभाव