आइतबारलाई सूर्यको उपासना गर्ने उत्तम दिन मानिन्छ। कुण्डलीमा भएको दोषबाट छुटकारा पाउन आइतबारको दिन विशेष उपाय गरिन्छ। यसका साथै सूर्यदेवको कृपा प्राप्त गर्न यस दिन व्रत बस्दा पनि लाभ हुने जनविश्वास रहेको छ । आज हामी तपाई हरुलाई यस्ता कुराको बारेमा बताउने छौँ जुन ज्योतिष शास्त्रमा आइतवारको दिन केही सामान किन्नु वर्जित गरिएको छ ।
आइतबार यस्ता सामान खरिदा गर्नु मानिन्छ अशुभ
धेरै मानिस आइताबार समान खरिद गर्न मन पराउँछन् । तर ज्योतिष शास्त्र अनुसार आइतबार केही यस्ता सामान छन् । जसलाई खरिद गर्नु अशुभ मानिन्छ । त्यस्तै आइतबार फलामका सामान किन्नु अशुभ मानिन्छ, आइतबार फलाम जन्य समान खरिद गर्दा आर्थिक नोक्सानी हुने मान्यता रहेको छ । यससँगै घरमा भएको लक्ष्मीले लक्ष्मी देवी घरबाट आफ्नो स्थान छोड्ने मन्यता रहेको छ । यस बाहेक हार्डवेयर, कारका सामान, फर्निचर, घर बनाउने सामान र बगैँचाका सामान पनि यस दिन खरिद गर्नु हुँदैन।
त्यस्तै आइतबारको दिन नुन खानु पनि अशुभ मानिन्छ । किनकि यस दिन नुन खानेले स्वास्थ्यमा असर पर्ने मान्यता रहेको छ । साथै आइतबार नुनको सेवन गर्नाले कममा वाधा आउने मान्यता रहेको छ । आइतबार कालो, नीलो, खैरो र खैरो कपडा लगाउनु पनि अशुभ मानिन्छ । आइतवारको दिन तामाको सामान किन बेच गर्नु हुँदैन। आइतबार कपाल काट्दा कुण्डलीमा सूर्य कमजोर हुने मान्यता रहेको छ ।
यस बाहेक आइतबारको दिन मासुबाट बनेका परिकार र मदिरा सेवन गर्नु हुँदैन । यस दिन शनिसँग सम्बन्धित वस्तुको सेवन गर्नुहुँदैन भन्ने मान्यता छ । अर्कोतर्फ आइतबार रातो रङ्गको वस्तु, पर्स, कैंची, गहुँ आदि किन्नु शुभ मानिन्छ। आइतबारको दिन यी वस्तु किन्दा घरमा समृद्धि हराएर विश्वास जाने मान्यता रहेको छ ।