पवनदीप राजन र अरुणिता कान्जिलालले आफ्नो स्वरले मानिसहरूलाई मोहित मात्र बनाएका छैनन्, फ्यानहरू पनि उनीहरूको केमेस्ट्रीबाट प्रभावित भएका छन्।
गायन रियालिटी शो ‘इन्डियन आइडल १२’ को उपाधि जितेका पवनदीप राजन र शोकी फर्स्ट रनर-अप अरुणिता काञ्जिलालले आफ्नो स्वरले मानिसलाई पागल बनाएका छन् भने उनको केमेस्ट्रीबाट पनि फ्यानहरु प्रभावित बनेका छन् । विभिन्न कार्यक्रम तथा स्टेज शो हरुमा प्राय: सधैँ दुई जना सँगै देखिन्छन् ।
View this post on Instagram
यी दुईका फ्यानहरु पनि यिनीहरुलाई सँगै गर्नको लागि आतुर हाने गर्दछन् । यसैबिच अहिले सामाजिक सञ्जालमा यस्तो तस्बिर भाइरल भइरहेको छ, जसलाई देखेपछि सबैको होश उडाइरहेको छ । सामाजिक सञ्जालमा भाइरल भएको तस्बिरमा अरुणिता र पवनदीप दुलाहा दुलहीको भेषमा देखिएका छन् ।
यो तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि दुवैले गोप्य रूपमा विवाह गरेको अनुमान उनीहरुका फ्यान हरुले गरिरहेका छ । फ्यानहरूले सार्वजनिक भएको तस्बिरमा बारम्बार कमेन्ट गर्दै प्रश्न सोधिरहेका छन् के पवनदीप-अरुणिता साँच्चै सात जन्मका लागि एक भएका हुन् ? वास्तवमा यो तस्बिर फेक हो, साथै यो तस्बिर कुनै सुटिंगको पनि हैन ।
यसलाई इन्स्टाग्राममा इडिट गरेर सेयर गरिएको छ र क्याप्सनमा लेखिएको छ कि के तपाई उनीहरुलाई यसरी हेर्न चाहनुहुन्छ ?