‘पुष्पा’ मा सामन्थाको नयाँ अवतारले जित्यो सबैको मन, पहिलो पटक देखिइन् यति बो-ल्ड अवतार !

एजेन्सी- अल्लु अर्जुनको फिल्म ‘पुष्पा’मा अभिनेत्री सामन्था फरक शैलीमा देखिएकी छिन् । अहिले फिल्ममा सामन्थाको गीतलाई निकै रुचाइएको छ।

भारतका साउथ सुपरस्टार अल्लु अर्जुनको मुख्य भूमिका रहेको फिल्म ‘पुष्पा’ गत शुक्रबारबाट भारत सहित नेपालका हलमा पनि रिलिज भएको छ । चलचित्रले दर्शक र समीक्षकबाट मिश्रित प्रतिक्रिया पाएको छ । फिल्ममा केही कमीकमजोरी देखिएका छन् तर त्यसका बाबजुद पनि यसलाई दर्शकले पूर्ण मनोरञ्जनात्मक फिल्म मानेका छन् ।

फिल्ममा अल्लु अर्जुनको दमदार अभिनयको निकै तारिफ भइरहेको छ । यससँगै रश्मिका मन्डन्ना पनि यसमा मुख्य अभिनेत्रीको भूमिकामा देखिएकी छिन् साथै यस फिल्ममा चर्चित अभिनेत्री सामन्था पनि देखिएकी छिन् । यस फिल्ममा सामन्था पहिलो पटक आइटम गीतको भिडियो मा देखिएकी छिन् । यस क्रममा अभिनेत्री सामन्थाले गीतमा आफ्नो बो-ल्ड स्टाइलले सबैलाई चकित पारेका छन् ।

यस भन्दा पहिले अभिनेत्री सामन्था यस्तो अन्दाजमा कहिले पनि देखिएकी थिइन् । अहिले अभिनेत्रीको यस अन्दाजलाई फ्यान हरुले निकै रुचाउनुको साथै अभिनेत्रीको तारिफ गरिरहेका छन् । त्यस्तै सामन्थाको आगामी फिल्महरूको कुरा गर्ने हो भने उनी छिट्टै ‘शकुन्तलम’ बाहेक दुई बहुभाषिक देखिँदै छिन् ।

 

 

प्रकाशित : आइतबार, पुष ०४, २०७८११:१९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

जाडो लागेन अभिनेत्री वर्षालाई, देखिइन् बो-ल्ड अवतारमा !