अहिलेको समयमा अभिनेत्री प्रियंका कार्की कुनै पनि फिल्म तथा म्युजिक भिडियोमा देखिएकी छैनन् । तर पनि अभिनेत्रीको फ्यान हरुमा लोकप्रियता झनै बढ्दो छ । पछिल्लो समयमा अभिनेत्री सामाजिक सञ्जालमा निकै सक्रिय हुन थालेकी छिन् । अभिनेत्रीले गर्भावस्थाको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरे देखि नै उनको चर्चा पहिले भन्दा बढ्दै गएको हो ।
अहिले अभिनेत्रीले इन्स्टाग्राममा उनको र छोरीको केही तस्बिर पोस्ट गरेकी छिन् । तस्बिर पोस्ट गर्दै अभिनेत्रीले लेखेकी छिन्। ‘मेरो टुलु त्यो उनको मायाले राखेको नाम हो। जैले पनि ठुलो आखाँले टुलु टुलु हेर्ने’ यतिबेला अभिनेत्रीले पोस्ट गरेको तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।
View this post on Instagram
यति बेला प्रियंकाको छोरीको इन्स्टाग्राममा आक्रामक रुपाम फलोअर्स बढेको छ । समयको कुरा गर्ने हो भने अभिनेत्रीले छोरीको इन्स्टाग्राम खात खोलेको भर्खर ४ महिना भएको छ । यति छोटो समयमा नै प्रियंकाको छोरीको इन्स्टाग्राम खातामा फलोअर्स बढ्ने सङ्ख्या कुनै अभिनेत्रीको भन्दा कम छैन ।