६५ वर्षको भईसकेपनि सौतेनी आमा हेमा मालिनीको घर गएका छैनन् सनी

एजेन्सी : हिन्दी सिनेमा जगतका दिग्गज अभिनेता सनी देओल(Sunny Deol) का एक भाई र दुई बहिनी छन्। उनका भाईको नाम बबी देओल(Bobby Deol) हो भने बहिनीहरुका नाम अजीता देओल(Ajeita Deol) र विजेता देओल(Vijeta Deol) हो। अजिता र विजेता बाहेक सनीका दुई बहिनीहरु पनि छन्, जसका नाम ईशा देओल(Esha Deol) र अहाना देओल(Ahana Deol) हो।

ईशा र अहाना दुवै अभिनेत्री हुन् र उनीहरु आफ्नो समयकी सदाबहार अभिनेत्री हेमा मालिनीकी छोरी हुन्। ईशा र अहाना सनीका साक्खै(सहोदर) बहिनी हैनन्। वास्तवमा सनीका पिता तथा बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रले दुईपटक विवाह गरेका थिए। उनले पहिलो विवाह प्रकाश कौर(Prakash Kaur) गरेका थिए। पहिलो विवाहबाट धर्मेन्द्र ४ सन्तानका पिता बने।

धर्मेन्द्रले सन् १९८० मा हेमा मालिनीसँग दोस्रो विवाह गरेका थिए  विवाहपछि धर्मेन्द्र र हेमाका दुई छोरी भए ।जेठी छोरी ईशा देओलको जन्म सन् १९८१ मा भएको थियो भने कान्छी छोरी अहानाको जन्म सन् १९८५ मा भएको थियो ।

धर्मेन्द्रका दुवै श्रीमतीका छोराछोरीको एकअर्कासँग राम्रो सम्बन्ध छ ।यद्यपि धर्मेन्द्रले दोस्रो विवाह गरेपछि उनकी श्रीमती र छोराछोरीले उनको विरोध गरे र उनीसँग रिसाए। तर पछि सबै ठिक भयो।

धर्मेन्द्रका दुवै श्रीमतीका छोराछोरी साक्खै भाइबहिनी जसरी बस्दैनन्। यद्यपि सबैसँग कुराकानी हुन्छ र सबै एक-अर्कासँग जोडिएका छन्। तर ईशा देओल ४० वर्षमा एकपटक मात्र आफ्ना सौतेनी भाइ सन्नीको घर गएकी छिन्। ईशा अहिले ४० वर्षकी भईन् भने सन्नी देओल ६५ वर्षका भईसकेका छन्।

भारतीय सञ्चारमाध्यमहरुका ईशा र सनीको घर मुम्बईमा नजिकै रहेको छ। सनी आफ्नो आमासँग मुम्बईको जुहूमा बस्छन्। जुन ठाउँबाट हेमा मालिनीको घर पनि नजिक छ। मिडिया रोपोर्ट्स अनुसार दुवै घरबीच ५ मिनेटको मात्र दूरी छ। तैपनि उनीहरु खासै एक-अर्काको घर जाँदैनन्।

सनी देओलको घरमा ईशा सन् २०१५ मा गएकी थिईन्। त्यतिबेला अभिनेता अभय देओलका पिताबिरामी  थिए र आफ्नो काकाको स्वास्थ्य अवस्था बुझ्न ईशा सनी देओलको घर गएकी थिईन्। खासमा ईशा सनीको घर सनीकै कारण गएकी थिईन्।

अझ अर्को आश्चर्य लाग्ने कुरा यो छ कि सनी अहिलेसम्म पनि ईशा र हेमा मालिनीको घरमा गएका छैनन्।

प्रकाशित : बिहिबार, पुष ०१, २०७८२०:५७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सलमानबाट बचेर रहनु विक्की-कट्रिना….? नव जोडीलाई विवेक ओबेरोयको सल्लाह !