सलमानबाट बचेर रहनु विक्की-कट्रिना….? नव जोडीलाई विवेक ओबेरोयको सल्लाह !

सलमान खानकी पूर्व प्रेमिका भनेर सामाजिक सञ्जालमा चर्चामा रहेकी अभिनेत्री कट्रिना कैफसँग विवाह गरेपछि विवेक ओबेरोयले विक्की कौशललाई ठूलो सल्लाह दिएका कुरा अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । विवेक ओबेरोयले सलमान खानकी पुर्व प्रेमिका ऐश्वर्या रायलाई उनीबाट छुटाएको भन्दै केही वर्ष पहिले सामाजिक सञ्जालमा खबर निकै भाइरल भएको थियो ।

अहिले मानिसहरू भन्छन् कि विक्कीले सलमानकी दोस्रो प्रेमिका कट्रिनाको विवाहपछि मानिहरु विभिन्न किसिमको प्रतिक्रिया दिन थालेका छन् । कुनै एक समयमा सलमान र विवेकको सम्बन्ध राम्रो नरहेको खबर आएका थिए । एक पटक सामाजिक सञ्जालमा विवेकले अन्तर्वार्ता दिने क्रममा सलमानले उनलाई आधा रातमा फोन गरेका धम्की समेत दिएको बताएका थिए ।

भनिन्छ सलमानले विवेकको करियर बर्बाद गर्नमा सलमान खानको ठूलो हात रहेको पनि बताइएको छ र त्यसैले विवेकले आफ्नो करियरमा खासै ठूलो सफलता हासिल गर्न सकेनन् । यसै बीच अब विवेकले पनि कट्रिना र विक्की कौशललाई विवाहको शुभकामना दिएका छन् । यससँगै दुवैलाई विशेष सल्लाह दिइएको छ । एक अन्तर्वार्तामा विवेकले विवाहको प्रारम्भिक अवधिमा हनिमुन जाने तर समयसँगै दुवै आ–आफ्नो काममा व्यस्त हुने बताए ।

विवेकले धेरै कुरामाले मानिस हरुले अनुमान लगाउन थालेका छन् । विवेकको यो भनाइ ‘सम्बन्ध कमजोर भयो भने जो कोहीले तोड्ने प्रयास गर्न सक्छ।’ विवेकले यस भनाइ मार्फत सलमान खानतर्फ निर्देशित गरेको हो की भन्ने अनुमान लगाउन थालेका छन् । तर उनले सलमान खानको नाम भने लिएनन् ।

प्रकाशित : शुक्रबार, पुष ०२, २०७८११:२९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आमिरसँग तेस्रो विवाहको बारेमा अभिनेत्री फातिमाले दिइन् सबैलाई चकित पार्ने यस्तो जवाफ !