का:_-मुक जलपरी बनिन् नोरा फतेही, पानीमा भिजेर दिईन् बो:_-ल्ड पोज

एजेन्सी : नोरा फतेही(Nora Fatehi)ले आफ्नो नृत्य कौशलताले फ्यानको मनमा विशेष स्थान बनाएकी छिन् । नोराले धेरै फिल्ममा आफ्नो नृत्य कौशलता देखाईसकिन्। उनी सामाजिक सञ्जालमा पनि निकै सक्रिय छिन् । उनले प्राय: आफ्ना ग्लामरस तस्बिर र भिडियो शेयर गरिरहन्छिन्।

हालै नोरा फतेहीले आफ्नो एउटा तस्बिर शेयर गरेकी छिन्, जसमा उनी जलपरीको अवतारमा देखिएकी छिन्। तस्बिरमा उनी निकै राम्री देखिएकी छिन्।

नोराले गुलाबी, निलो र सुनौलो रङ्गको जलपरी वाला ड्रेस लगाएकी छिन्। जलपरीको लुक पूरा गर्नको लागि नोराले व्हाइट बिकिनी लगाएकी छिन्। योसँगै उनले आफ्नो कपाल रङ्ग्याएकी छिन्।

यो तस्बिर शेयर गर्दै उनले लेखेकी छिन् –  ” तिनले भन्थे जबसम्म तिमी मेरो समुन्द्रमा बस्छौं तबसम्म तिमीले मेरा नियमहरु मान्नुपर्छ, यहीँकारण मैले छाडे।(they said “As long as you live under my ocean, you’ll obey my rules” so i left… 🧜🏼‍♀️🧜🏼‍♀️🧜🏼‍♀️)”

नोरा फतेहीको यो लुक उनको ‘डान्स मेरी रानी’ गीतको भिडियोको हो। जसबारे आधिकारिक जानकारी टि-सिरिज(T-Series) आफैँले दिएको हो। यो गीत गुरु रन्धावा(Guru Randhawa) गाएका हुन्। टि-सिरिजले पनि आफ्नो इन्स्टाग्राम अकाउन्टमा नोराका केही तस्बिर पनि सेयर गरेको छ ।

प्रकाशित : बुधबार, मङि्सर २९, २०७८२१:१७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कट्रिना भन्दा पहिले यी बलिउड अभिनेत्रीहरु विक्की कौशललाई पाउन जे गर्न पनि तयार थिए, को-को हुन् ?