कट्रिना भन्दा पहिले यी बलिउड अभिनेत्रीहरु विक्की कौशललाई पाउन जे गर्न पनि तयार थिए, को-को हुन् ?

बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशल हालै विवाह बन्धनमा बाँधिएका छन् । दुवैले डिसेम्बर २० मा मुम्बईको जे-डब्लु मेरियटमा रिसेप्शन पार्टी दिने तयारीमा छन् ।

स्रोतका अनुसार विक्की र कट्रिनाले सलमान खान, आमिर खान, शाहरुख खान, रणवीर कपुर, अमिताभ बच्चनलाई रिसेप्शनको निम्तो पठाएका छन् । कोरोनाको ओमिक्रोन भेरियन्टबाट हुने खतरालाई मध्यनजर गर्दै रिसेप्सनमा आउने पाहुनाले आरटीपीसीआर परीक्षण गराउनुपर्ने र उनको कोरोनाको रिपोर्ट नेगेटिभ पनि ल्याउनु  नियम राखेका छन् ।

 

कट्रिनासँग विवाह गर्नु अघि, धेरै बलिउड सुन्दरीहरू विक्की कौशलसँग प्रेममा परेका छन्, जसको बारेमा तपाईलाई थाहा छैन। कुनै समयमा अहिले बलिउडमा नाम चलेका अभिनेत्रीहरु विक्कीप्रति उनीहरुको लगाव यस्तो थियो कि उनीहरु विक्कीलाई पाउनको लागि जुनसुकै अवस्थामा जान पनि तयार थिए ।


यस लिस्टमा पहिलो नम्बरमा तापसी पन्नु परेकी छिन् । भारतीय मिडिया रिपोर्टका अनुसार तापसी पन्नुले विक्कीलाई यति धेरै मन पराउन थालेकी थिइन् कि उनले आफ्नो आधा सम्पत्ति विक्की कौशललाई हस्तान्तरण गर्ने गर्न पनि राजि भएकी थिइन् । दोस्रो नम्बरमा फिल्म ‘दम लगा के हैशा’ अभिनेत्री भूमि पेडनेकर पार्छिन्, जसको प्रम प्रस्तावलाई विक्की कौशलले अस्वीकार गरेका थिए ।

बलिउड क्षेत्रमा कुनै समयमा अभिनेत्री सोनम कपूरसँग पनि विक्कीको नाम जोडिएर सामाजिक सञ्जालमा आउने गरेको थियो । फिल्म ‘राजी’ मा विक्की कौशलसँग काम गर्दा बलिउडमा अहिलेको समयमा युवा पुस्ताको रोजाइमा पर्ने अभिनेत्री आलिया भट्ट विक्कीसँग विवाह गर्न चाहन्छन् भन्ने अनुमान गरिएको थियो ।

यसै क्रममा सन २०१८ मा रिलिज भएको फिल्म ‘लभ पर स्क्वायर फुट’ मा विक्की कौशलको अपोजिटमा काम गरेकी अभिनेत्री अंगिरा धरले आफूसँग निकटता बढाउने प्रयास गरे तर काम भएन ।

प्रकाशित : बिहिबार, पुष ०१, २०७८१२:३१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अल्लु अर्जुन अभिनीत फिल्म ‘पुष्पा’ को कारण प्रदर्शन मिति दुई हप्ता पछाडि सारियो ‘चपली हाइट ३’