म आफ्नो जातमा गर्व गर्छु, म कामी हो: अभिनेत्री निरुता सिंह

केही समय देखि अभिनय क्षेत्रमा कतै पनि नदेखिएकी अभिनेत्री निरुता सिंह यति बेला नयाँ डान्सिंग रियालिटी शो डान्स च्याम्पियनमा जजको रुपमा देखिएकी छिन् । साथै अभिनेत्रीले अहिले उनको व्यक्तिगत जीवनको बारेमा एउटा खुलासा गरेकी छिन् । अभिनेत्रीले अहिले उनको जातियताको बारेमा सामाजिक सञ्जालमा खुलेर बताएकी छिन् ।

सायद कमै मानिसलाई थाहा होला उनीहरुको फिल्ममा मन पराउँदै आएकी अभिनेत्री निरुता सिंह दलित हुन् भनेर, यस विषयमा अभिनेत्रीले खुलेर बताएकी छिन् । उनी विश्वकर्मा भएको साथै आफनो जात प्रति गर्व रहेको अभिनेत्रीले बताएकी छिन् । यसै क्रममा अभिनेत्रीले अझै पनि जातीय विभेद शहरी क्षेत्रमा केही कम भए पनि ग्रामिड भेगमा अझै पनि विद्यमान रहेको बताएकी छिन् ।

धरै मानिसले सोचेका थिए कि अभिनेत्री ठकुरी हुन् भनेर अभिनेत्रीलाई यस विषयमा प्रश्न गर्दा अभिनेत्री भन्छिन् । म ठकुरी हैन विश्वकर्मा हो, म गर्व गर्छु म गर्वसँग भन्छु म विश्वकर्मा हो, म कामी हो।’ अभिनेत्रीले नेपालमा अझै पनि जातीय विभेद अन्त्य नभएको बताउँदै यस्तो भनाई राखेकी हुन् ।

प्रकाशित : मङ्गलबार, मङि्सर २८, २०७८१०:५४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मंसिर पनि जान लागेकोमा अभिनेत्री केकी चिन्तित, गरिन् यस्तो पोस्ट !