नेपाली चलचित्र क्षेत्रमा अब्बल अभिनय गर्ने सूचीमा पर्ने अभिनेत्री केकी अधिकारी अभिनयमा जस्तै सामाजिक सञ्जालमा पनि सक्रिय छिन् । केही समय पहिले अभिनेत्रीले सामाजिक सञ्जालमा विवाहको सिजन भन्दै केही तस्बिर सार्वजनिक गरेकी छिन् । जसमा अभिनेत्रीलाई निकै सुन्दर देखिएकी छिन् ।
अहिलेसम्म केकी अभिनीत फिल्मले बजारमा खासै उत्साजनक व्यापार नगर पनि उनको अभिनयको निकै तारिफ भएको पाउन सकिन्छ । अहिलेको सममा फिल्ममा त्यति नदेखिए पनि अभिनेत्री विभिन्न म्युजिक भिडियो र सामाजिक सञ्जालमा भने सक्रिय पाउन सकिन्छ । यतिबेला अभिनेत्रीको अभिनय सँगै विवाहको चर्चा हुन् थालेको छ ।
यति बेला अभिनेत्रीले सामाजिक सञ्जालमा तस्बिर पोस्ट गर्दै मंसिर पनि जना लगेकोमा चिन्ता व्यक्त गरेकी छिन् । अभिनेत्री केकीले सञ्जालमा उनले ‘मंसिर पनि जान लाग्यो त’ भन्दै दुई सुन्दर तस्बिर सार्वजनिक गरेकी छन् । अभिनेत्रीको यस पोस्ट मार्फत केकीलाई मंसिर मै घरजम नभएकोमा चिन्ता लागेको हो कि भन्ने अनुमान लगाउन सकिन्छ ।
जब-जब विवाहको सिजन आउँछ तब अभिनेत्रीलाई सामाजिक सञ्जालमा सार्वाजनिक गरेका तस्बिरको कमेन्टमा होस् यस अन्तर्वार्ताको क्रममा उनलाई विवाह कहिले हुन्छ भने प्रश्नको ओइरो लाग्ने गर्दछ । त्यस्तै अभिनेत्री सँगै अभिनय क्षेत्रमा आएका साथीहरु ऋचा शर्मा, प्रियंका कार्की विवाह गरेर पनि आमा भइसकेका छन् ।