गायन रियालिटी शो ‘इन्डियन आइडल १२’ को उपाधि जितेका पवनदीप राजन र शोकी फर्स्ट रनर-अप अरुणिता काञ्जिलालले आफ्नो स्वरले मानिसलाई मोहित बनाएका छन् भने उनको केमेस्ट्रीबाट पनि फ्यान प्रभावित छन् ।
यो कुरामा कुनै शङ्का छैन कि यी दुई जहिले पनि स्टेजमा सँगै आउँछन्, उनीहरूले आफ्नो स्वोरको जादुको कारण सबैलाई आकर्षित गर्छन् । उनीहरुका फ्यानहरु उनीहरुलाई सधैं सँगै हेर्न आतुर हुन्छन् । यसैबीच अहिले सामाजिक सञ्जालमा यस्तो भिडियो भाइरल भइरहेको छ, जसलाई देखेपछि दुवैका फ्यानको मन खल्लो हुन सक्छ ।
यस भिडियो सार्वजनिक भएसँगै उनीहरुको फ्यानहरु पवनदीप र अरुणिता बीचको दुरी बढ्न थालेको अनुमान लगाउन थालेका छन् । वास्तवमा, पवनदीप आफ्नो मिल्ने साथी अरुणिता बाहेक अन्य कसैसँग रोमान्स गरिरहेको देखिन्छ। अहिले यो भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।
यो भिडियो हेरेर दुवैका फ्यानहरु छक्क परेका छन् । हालै अक्टोपस इन्टरटेनमेन्टले ‘फुरसत’ गीतको टिजर सार्वजनिक गरेको छ । जसमा पवनदीप अर्की केटीसँग रोमान्स गरिरहेका छन् । मानिस हरुले सोचेका थिए की पवन र अरुणिता उनीहरुको पहिलो भिडियोमा दुवै एक साथमा देखिने छन् ।
फ्यानले लामो समयदेखि यो गीतको प्रतिक्षा गरिरहेका थिए तर अचम्मको कुरा त यो गीतमा अरुणिता कतै देखिइनन् । यो रोमान्टिक गीतमा पवनदीप र अरुणिताले स्वर दिएका छन् तर भिडियोमा उनीहरुको अपोजिट चित्रा शुक्ला देखिएका छन् ।