सानो पर्दाका चर्चित अभिनेता तथा ‘बिग बोस’ सिजन १३ का बिजेता सिद्धार्थ शुक्लाको हिजो जन्मदिन परेको थियो । उनले ४० वर्षको उमेरमा संसारबाट सधैँको लागि बिदा भएका थिए । अभिनेताको जन्म दिनमा उनको यादमा उनका फ्यानको आँखा रसाएको छ ।
त्यो हँसिलो अनुहारले हामीबाट यति छिट्टै बिदा हुने छन् भनेर कसैले पनि सोचेका थिएनन् । जब अभिनेताको अचानक निधन भएको थियो त्यस समयमा उनको निधनको खबर कसैलाई पत्याउन गाह्रो भएको थियो। अभिनेताको जन्म १२ डिसेम्बर सन १९८० मा मुम्बईमा सिभिल इन्जिनियर अशोक शुक्लाको घरमा भएको थियो ।
View this post on Instagram
सिद्धार्थको जन्मदिनमा उनका फ्यानहरुले उनलाई सम्झेर शुभकामना दिइरहेका छन् । यसै बीच अब स्वर्गीयको सबैभन्दा नजिककी साथी शहनाज गिलले तस्बिर शेयर गर्दै सिद्धार्थलाई सम्झाएकी छिन् । यो तस्बिर हेरेपछि अभिनेतालाई सम्झेर सबैको आँखा फेरि एक पटक रसाएका छन् । सार्वजनिक तस्बिरमा अभिनेतालाई निकै सुन्दर देखिएको छ ।
शहनाजले सार्वजनिक गरेको तस्बिरमा उनले बिना क्याप्सन तस्बिर सार्वजनिक गरेकी छिन् । यस तस्बिरमा सिद्धार्थ मुस्कुराउँदै र पछाडि पखेटा रहेको देखिन्छ, उनी स्वर्गमा बसेको जस्तो देखिएका छन् । मानिहरु शहनाजले सार्वजनिक गरेको तस्बिर देखेर निकै भावुक भएका छन् । हिजो बिहान देखि नै फ्यानहरु शहनाजको पोस्टको प्रतीक्षामा थिए। अन्ततः हिजो साँझको समयमा शहनाजले सिद्धार्थको सम्झनामा यस पोस्ट राखिन्।