सपना शास्त्रका अनुसार सपनाले भविष्यमा हुने घटनाहरूलाई संकेत गर्छ। साथै सपनामा देखिने विभिन्न चिजले विभिन्न प्रकारका संकेत दिन्छ। सपनामा केही चीजहरू देख्नु शुभ हुन्छ भने केही चीजहरू अशुभ संकेत गर्दछ। सपनामा कस्ता खालको जनावर देख्नु शुभ मानिन्छ । जान्नुहोस् सपनामा यस प्रकारका जनावर देख्नुको अर्थ के हो ?
सपनामा कालो बिरालो देख्नु
सपनामा बिरालो देख्दा शुभ संकेत मिल्छ । त्यसमा पनि सपनामा कालो बिरालो देख्नुको अर्थ तपाईले आफ्नो प्रतिभामा निखारता ल्याउन सक्नु हुन्छ भने संकेत गर्दछ । यदि तपाईले सपनामा कुनै प्रकारको डरलाग्दो बिरालो देख्नुभयो भने, यसको मतलब तपाई वास्तविक जीवनमा सावधान रहनु भनेर संकेत गर्दछ ।
सपनामा कुकुरे देख्नु
सपनामा कुकुर देख्नु पनि शुभ संकेत हो । यसका अलावा सपनामा कुकुर भुकेको आवाज सुन्नु पनि शुभ मानिन्छ । यसको साथै सपनामा कुकुरले टोकेको देखेमा कुनै ठूलो समस्याबाट छुटकारा पाउनुहुनेछ भन्ने बुझिन्छ । यदि सपनामा कुकुर दौडेको देख्नु भयो भने यसलाई जिवनमा आउने सुधारको संकेत गर्दछ।
सपनामा हात्ती देख्नु
सपना शास्त्रका अनुसार सपनामा हात्ती देख्दा शुभ संकेत प्राप्त हुन्छ । सपनामा हात्ती देख्नुले वास्तविक जीवनमा तयार हुने संकेत गर्छ। यदि तपाईले सपनामा हात्ती चढेको देख्नुभयो भने, यसको मतलब वास्तविक जीवनमा तपाईमा राम्रो निर्देशक बन्ने क्षमता छ भन्ने बुझ्न सकिन्छ ।
सपनामा भ्यागुतो देख्दा
सपनामा हातमा भ्यागुतो समातेको देख्नु भएको छ भने यसलाई शुभ संकेत मान्न सकिन्छ । यस बाहेक सपनामा भ्यागुताको आवाज मात्र सुनियो भने जीवनमा नयाँ मोड आउनेछ । तर यदि सपनामा पानीमा भ्यागुता देखियो भने, यसको मतलब तपाईले आफ्नो भावनालाई नियन्त्रण गर्नुपर्छ।