ज्योतिष शास्त्रका अनुसार प्रत्येक राशिका विभिन्न ग्रहहरुको प्रभाव हुन्छ । जसको प्रभाव राशिहरुलाई पर्दछ । मंगल ग्रहको प्रभावले व्यक्ति बल र उर्जाले भरिपूर्ण रहन्छ। अर्कोतर्फ मंगल ग्रह कमजोर हुँदा मानिसको जीवनमा अनेक प्रकारका समस्याहरु आउने गर्दछ । मंगल ग्रह दुई राशिको स्वामी हुन् । जसका कारण यी दुई राशिका मानिसहरुमा मंगल ग्रहको कृपा वर्षी गरिरहन्छ । जान्नुहोस् मंगल ग्रहले यी २ राशिको जीवनमा कस्तो प्रभाव पार्छ।
मेष राशि
मेष राशिको स्वामी मंगल हो। ज्योतिष शास्त्रका अनुसार यस राशिका मानिसहरु मंगल ग्रहको कृपाले जीवनमा धेरै प्रगति गर्छन् । मंगल ग्रहको शुभ प्रभावका कारण यस राशिका मानिसले प्रगतिको कुरामा पछाडि फर्केर हेर्न पर्दैन । यसका साथै यस राशिका मानिसमा साहस उर्जा र चंचलता पाइन्छ। मेष राशिमा मंगल ग्रह बलियो हुने भएकाले यस राशिका मानिसहरु धेरै मेहनती पनि हुन्छन् । मेष राशिका मानिस जन्मदेखि भाग्यमानी हुन्छन् । यस राशिलाई कुनै पनि कुरामा पराजित गर्न निकै कठिन हुन्छ । धनको मामिलामा पनि यो राशिका मानिस निकै भाग्यमानी हुन्छन् । धन कमाउने मामिलामा पनि यो राशिका व्यक्तिहरूलाई धेरै मेहनत गर्नु पर्दैन।
वृश्चिक राशि
वृश्चिक राशिको स्वामी ग्रह मंगल हो। यो राशिका मानिसहरु जित्नकै लागि जन्मिएका हुन्छन् । मंगल ग्रहको प्रभावले यस राशिका मानिसले कसैलाई धोका दिँदैनन् । साथै सधैँ वफादारी देखाउछन् । यस बाहेक वृश्चिक राशिका मानिसहरु हरेक चुनौतीको सामना गर्न तयार हुन्छन् । कुनै पनि लक्ष्य तय गरेपछि, कुनै पनि हालतमा त्यसलाई पुरा गरेर छोड्ने स्वभावका हुन्छन् । वृश्चिक राशि हुनेहरुको जीवनमा अपार खुसी रहने गर्दछ । साथै यस राशिका मानिसले आफ्नो गोप्य कुरा कसैलाई पनि बताउँदैनन् । कहिलेकाहीँ यस राशिका मानिसहरू खतरनाक शत्रु पनि साबित हुन् सक्छन् । यस राशिका मानिसहरु अरुलाई सहयोग गर्न सधैँ तत्पर रहन्छन् ।