वृश्चिक राशि भएका मानिसको लागि नयाँ वर्ष विशेष रहनेछ । सन २०२२ को राशिफल अनुसार नयाँ वर्ष वृश्चिक राशिमा भाग्य उदय भइरहेको छ । यस्तो अवस्थामा आर्थिक दृष्टिले यो राशिका मानिसका लागि नयाँ वर्ष अनुकूल रहनेछ । व्यापार व्यवसायमा पनि उन्नतिको सम्भावना छ । यसका साथै नयाँ वर्ष करियरका लागि पनि शुभ रहेको छ । काम देखाएर अरुको मन जित्न सकिनेछ । वृश्चिक राशिका मानिसहरुका लागि २०२२ कुन- कुन अवस्थामा विशेष रहने छ, हेर्नुहोस्….

वृश्चिक राशिको करियर फल
सन २०२२ मा वृश्चिक राशिको लागि करियर विशेष रहनेछ। व्यापार व्यवसाय गर्ने हरुलाई आर्थिक लाभ हुनेछ । रोकिएको धन फिर्ता हुनेछ। वर्षको सुरुवातमा रोजगारदाताले आर्थिक उतारचढावको सामना गर्नुपर्नेछ । करियरमा सोचे अनुसारको फल प्राप्त हुने छैन ।
वृश्चिक राशिको आर्थिक राशिफल
आर्थिक मामिलामा नयाँ वर्ष शुभ साबित हुनेछ। वर्षको मध्यमा गरिएको लगानी लाभदायक साबित हुनेछ । बृहस्पतिको प्रभावले धनमाल बढ्नेछ । यसका साथै आम्दानीमा पनि वृद्धि हुनेछ । पारिवारिक खर्चमा वृद्धि हुनेछ । जसका कारण बचत गर्न कठिन हुनेछ । जग्गा तथा घर खरिदको योग रहेको छ ।
वृश्चिक राशिको पारिवारिक फल
पारिवारिक मामिलामा नयाँ वर्ष शुभ रहनेछ। पारिवारमा भएका पुराना विवादको अन्त्य हुनेछ। घरपरिवारबाट काममा सहयोग मिल्नेछ । वर्षको अन्त्यमा परिवारमा केही अशुभ घटना घट्न सक्छ । सचेत रहनुहोला ।
वृश्चिक राशिको प्रेम फल
नयाँ वर्ष प्रेम र दाम्पत्य जीवनका लागि शुभ रहनेछ । दाम्पत्य जीवनमा आएका समस्याहरु हट्नेछन् । विवाहित जोडीहरुको प्रेम सम्बन्धसुमधुर हुनेछ । प्रेम जीवनमा साथीसँग विवाद हुन सक्छ। तर वार्ताबाटै समाधान हुनेछ ।
