बुध ग्रह मकर राशिबाट धनु राशिमा प्रवेश, यी ४ राशि अबको २१ दिन रहनुहोस् सावधान !

बुध धनु राशिमा प्रवेश गरेको छ। बुधको यो राशि परिवर्तन डिसेम्बर १०, २०२१ अर्थात् आज भएको छ । मिथुन र कन्या राशिको स्वामी बुध ग्रह पहिले मकर राशिमा विराजमान थिए । कन्या राशिमा बुध बलवान र मीन राशिमा कमजोर हुन्छ । बुधको यो परिवर्तनले सबै राशिलाई असर गर्ने छ बुधको यस राशि परिवर्तनले कस्तो प्रभाव पर्छ ।

मेष राशि

व्यापारबाट धन लाभ हुने योग रहेको छ । दाजुभाइसँग घरपरिवारमा मनमुटाब बढ्न सक्छ । चिसोबाट सजग रहनु होला अन्यथा स्वास्थ्यमा असर पर्नेछ। शत्रु सक्रिय हुनेछन् । परिवारमा शान्तिको वातावरण रहनेछ।

मिथुन राशि

भौतिक साधनबाट तनाव हुनसक्छ। स्वास्थ्य समस्याले सताउन सक्छ। यस राशि परिवर्तन अवधिमा मनोबल कमजोर रहनेछ। सामाजिक प्रतिष्ठा घट्नेछ। अचानक धार्मिक यात्राको योग छ। आमाको स्वास्थ्यमा ध्यान दिनु पर्ने देखिन्छ ।

कर्कट राशि


दाजुभाइ दिदीबहिनीले तपाईको कारण दुःख पाउनेछन् । यात्रामा खर्च बढ्नेछ। सन्तानको सम्बन्धमा मानसिक तनाव रहनेछ। अध्ययनमा खर्च बढ्नेछ । व्यापार व्यवसायमा आर्थिक लाभ हुनेछ । परिवारमा खर्च बढ्नेछ।

धनु राशि

यात्रामा सुखका साधन बढ्नेछन् । घरपरिवारमा कुनै विवादका कारण तनाव बढ्नेछ । प्रेम जीवनमा पार्टनरमा खर्च बढ्नेछ। काममा प्रगति हुनेछ । मान-सम्मानमा वृद्धि हुनेछ।

 

प्रकाशित : शुक्रबार, मङि्सर २४, २०७८१४:०९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यो राशिका लागि सन् २०२२ निकै खतरनाक, आर्थिक हानिले जीवनमा ल्याउनेछ अनेक समस्या