सन २०२२ मा यी ७ राशिलाई पढाई तथा परीक्षामा ठुलो सफलता, पुरा हुनेछ विदेशमा अध्ययन गर्ने सपना !

कसैको लागि समयको धेरै महत्त्व नहुन सक्छ तर अध्ययनरत, ठूला अन्तर्वार्ता वा परीक्षामा सहभागी हुन जाने विद्यार्थी वा प्रतियोगीहरूका लागि समय बढी महत्त्वपूर्ण  हुन्छ । किनभने उनीहरुको करियरको आधार यही सफलता–असफलतामा आधारित हुन्छ । यस्तो अवस्थामा आगामी वर्ष पढाइ वा परीक्षामा सफलताको दृष्टिले कस्तो होला भन्ने जिज्ञासा विद्यार्थीमा हुनु स्वाभाविक हो । ज्योतिष शास्त्र अनुसार सन् २०२२ केही राशिका लागि अध्यापन र परीक्षा-अन्तरवार्ताका लागि निकै भाग्यशाली साबित हुनेछ । यस प्रकार छन् ती राशिहरु….

वृष राशि

वृष राशिका विद्यार्थीहरू तथा विभिन्न क्षेत्रमा अध्ययनरत मानिसको लागि सन् २०२२ राम्रो रहनेछ। उच्च शिक्षाको सपना पूरा हुनेछ । आगामी परीक्षाको तयारी गर्नेहरूले यो वर्ष सफलता पाउनेछन्।

मिथुन राशि

मिथुन राशिका व्यक्तिहरुको अध्ययन क्षेत्रमा यो वर्ष राम्रो रहनेछ । मिहिनेत गरे अनुसारको अवश्य सफलता मिल्नेछ। अध्ययनको लागि उचित स्थान भेटिने छ । जागिरको लागि परीक्षा-अन्तर्वार्ता दिने व्यक्तिले पनि सफलता प्राप्त गर्नेछन्।

सिंह राशि

सिंह राशिका विद्यार्थीहरूले पनि प्रतिस्पर्धात्मक परीक्षामा सफलता प्राप्त गर्नेछन्। चाहेको स्थानमा अध्ययन गर्न पाउने छन् । विद्यालय स्तरका विद्यार्थीहरूले पढाइमा कडा मेहनत गर्नुपर्नेछ, तब मात्र सफलता मिल्नेछ।

कन्या राशि

कन्या राशिका विद्यार्थीहरूले यो वर्ष आफ्नो करियरमा ठुलो सफलता हात पार्न सक्नेछन्, तर यसका लागि उनीहरूले कडा परिश्रम गर्नुपर्नेछ। विदेशमा पढ्न जाने सपना पूरा हुनसक्छ ।

तुला राशि

तुला राशिका विद्यार्थीहरूलाई पनि यो वर्षले ठुलो सफलता मिल्नेछ । यो वर्ष तपाईको करियरको लागि कोशेढुङ्गा साबित हुन सक्छ। उच्च शिक्षाका लागि विदेश जाने अवसर मिल्नेछ ।

धनु राशि

यस वर्ष प्रतियोगिता परीक्षामा सहभागी हुने प्रतियोगिहरुले सफलता पाउने सम्भावना छ । हिम्मत नहारी मेहनत गरिरहनुहोस्। बाँकी विद्यार्थीले पनि आफ्नो मेहनत अनुसार नतिजा पाउनेछन् ।

मीन राशि

लामो समयदेखि विदेशमा अध्ययन गर्ने सपना देखेका विद्यार्थीको नयाँ वर्षमा सपना पूरा हुँदै छ । तपाईले चाहेको विद्यालयमा भर्ना पाउन सक्नुहुन्छ। प्रतिस्पर्धात्मक परीक्षामा पनि राम्रो नतिजा ल्याउन सकिनेछ।

प्रकाशित : शुक्रबार, मङि्सर २४, २०७८११:२३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आज बुध ग्रह राशि परिवर्तन गरेर धनु राशिमा प्रवेश, यी ५ राशिलाई अत्यन्तै शुभ !