बुध धनु राशिमा प्रवेश गरेको छ। बुधको यो राशि परिवर्तन डिसेम्बर १०, २०२१ अर्थात् आज भएको छ । मिथुन र कन्या राशिको स्वामी बुध ग्रह पहिले मकर राशिमा विराजमान थिए । कन्या राशिमा बुध बलवान र मीन राशिमा कमजोर हुन्छ । बुधको यो परिवर्तनले सबै राशिलाई असर गर्ने छ बुधको यस राशि परिवर्तनले कस्तो प्रभाव पर्छ ।
वृष राशि
सन्तान पक्षबाट शुभ समाचार प्राप्त हुनेछ । जीवन साथीसँगको सम्बन्ध मधुर रहनेछ । व्यापार विस्तार हुनुको साथै त्यसबाट धन लाभ हुनेछ । साझेदारी व्यवसायबाट लाभ हुनेछ।
सिंह राशि
आम्दानीको स्रोत बढ्ने छ । व्यापार व्यवसायमा आर्थिक लाभको योग रहेको छ । नोकरीमा पदोन्नतिको अवसर मिल्नेछ । नयाँ घर तथा सवारी साधन खरिद गर्ने योग बनेको छ ।
वृश्चिक राशि
व्यापारमा धन लाभ हुनेछ । नयाँ काममा प्रगति हुनेछ । मानसिक चिन्ता बढ्नेछ। दाम्पत्य जीवन सुखमय रहनेछ । साझेदारीको काममा कम वृद्धि हुने सम्भावना रहेको छ ।
कुम्भ राशि
जीवन साथीसँग रमाइलो समय बित्नेछ। भाग्य बढ्ने छ । मनमा एक किसिमको डर रहनेछ। व्यापार बढ्नेछ। पैतृक सम्पत्तीबाट लाभ हुनेछ।
मीन राशि
सन्तानको चिन्ता रहनेछ । साझेदारीका काममा फाइदा हुनेछ । मान सम्मान बढ्नेछ । बाबुको सम्पत्तिबाट आर्थिक लाभ हुनेछ ।