यही मंसिर २८ गते अर्थात् १४ डिसेम्बर २०२१ मंगलबार वृश्चिक राशिमा मंगल र केतुको एक साथ मिलन हुने भएको छ । अनुराधा नक्षत्रमा यी दुवै ग्रह यस राशिमा एकसाथ मिलन हुन् लागेको हो । अनुराधा नक्षत्रमा शनिले शासन गरेको नक्षत्र हो । र शनि मकर राशिको शासक ग्रह हो। यो राशिको दशौँ राशि हो ।
जसका कारण आध्यात्मिक गतिविधिमा तीव्र रुपमा फल प्राप्त हुनेछ । त्यस्तै सामान्यतया मंगल र केतुको संयोगलाई यसबाट प्रभाव पर्ने राशिमा अर्थतन्त्र र रोजगारीको सन्दर्भमा खासै राम्रो प्रभाव पर्दैन साथै समृद्धिमा केही अवरोध देख्न सकिनेछ । मंगल र केतुको यो संयोगले केही राशिलाई अशुभ प्रभाव पर्ने भएको छ । यस प्रकार छन् ती राशिहरु….
मेष राशि
मेष राशिका व्यक्तिहरूका लागि मंगल पहिलो र आठौँ घरको स्वामी हो र यस समयमा केतुको साथमा आठौँ घरमा अवस्थित हुनेछ। कार्यस्थलमा केही समस्याको सामना गर्नु पर्नेछ। यस समयमा कामको बोझ बढनेछ । यस समयमा आफ्नो काम वा कामको विषयमा सन्तुष्ट हुनुहुनेछैन।
वृष राशि
वृष राशिका लागि सातौँ र बाह्रौं घरको स्वामी मंगल ग्रह हो र यस समयमा केतुसँगै सातौँ घरमा बिराजमान हुनेछन् । समृद्धिको दृष्टिले यो समय खासै अनुकूल छैन । यस समयमा तपाईले कार्यस्थलमा आफ्ना वरिष्ठहरूको साथमा तपाईको गल्तीका कारण केही समस्याहरूको सामना गर्नु पर्नेछ। व्यवसायीले घाटा बेहोर्नु पर्नेछ ।
सिंह राशि
सिंह राशिका व्यक्तिहरूका लागि चौथो र नवौँ घरको स्वामी मंगल ग्रह हो र यो समयमा केतु चौथो घरमा रहनेछन् । महत्त्वपूर्ण निर्णय लिनको लागि यो समय शुभ रहने छैन। यस अवधिमा तपाईको परिवारमा केही समस्याहरू पनि देखा पर्न सक्छन्। व्यावसायिक जीवनमा तपाईले कार्यस्थलमा अधिक कामको बोझ वहन गर्न पर्ने हुनसक्छ ।
कन्या राशि
कन्या राशिका व्यक्तिहरूका लागि मंगल तेस्रो र आठौँ घरको स्वामी हो र यस समयमा केतु कन्या राशिको तेस्रो घरमा विराजमान हुनेछन् । यो समय तपाईका लागि खासै फाइदाजनक रहने छैन। यस समयमा तपाईले आफ्ना सहकर्मी र मातहतका व्यक्तिहरूको समर्थन प्राप्त गर्नुहुनेछैन । त्यसैले यस समयमा तपाई अन्य मानिसको सहयोग बिना योजनाबद्ध रूपमा काम गर्न सक्नु हुनेछ ।
तुला राशि
तुला राशिका व्यक्तिहरूका लागि मंगल दोस्रो र सातौँ घरको स्वामी हो र यो संयोगमा केतु वृश्चिक राशिको दोस्रो घरमा अवस्थित हुनेछ। मंगल र केतुको यो संयोग पारिवार वा परिवारिक जीवनको लागि अनुकूल नहुन सक्छ । मिहिनेतको अपेक्षित फल प्राप्त नहुन सक्छ । तपाईलाई आफ्नो काम सहज रूपमा गर्न केही कठिनाइहरू सामना गर्न पर्नेछ ।
वृश्चिक राशि
यस राशिका मानिसहरूका लागि मंगल ग्रह पहिलो र छैटौं घरको स्वामी हो र यो समयमा केतुको साथमा मंगल पहिलो घरमा अवस्थित हुनेछन् । यो समय खासै अनुकूल रहने छैन । वरिष्ठहरूसँगको तपाईको सम्बन्ध अलि नाजुक रहनेछ। साथै आर्थिक पक्षको दृष्टिकोणले पनि यो समय खासै राम्रो रहने छैन । यस अवधिमा धन हानि हुने प्रवल सम्भावना रहेको छ ।
धनु राशि
धनु राशिका व्यक्तिहरूका लागि मंगल पाँचौ र बाह्रौ घरको स्वामी हुन् र यो संयोगमा वृश्चिक राशिमा केतु र बाह्रौ घरमा अवस्थित हुनेछन्। यस समयमा धनु राशिको मानिसलाई सहकर्मीहरूसँग विवाद हुने सम्भावना रहेको छ । सन्तानको स्वास्थ्य चिन्ता बढ्नुको साथै स्वास्थ्य उपचारमा खर्च बढ्ने छ । लगानी गरेको स्थानबाट समयमा धन प्राप्त नहुन सक्छ ।