सन २०२२ मा मंगल देवको कृपाले मेष राशिलाई अत्यन्तै शुभ, हुनेछ आर्थिक स्थिति मजबूत

यो वर्ष सन २०२२ मेष राशिको लागि निकै शुभ हुने भएको छ । विशेष गरेर अध्ययन क्षेत्रमा मेष राशिको लागि अत्यन्तै शुभ हुने भएको छ ।

ज्योतिष शास्त्र अनुसार आगामी वर्ष सन २०२२ मेष राशिको लागि निकै शुभ हुने भएको किन भने नयाँ वर्षमा सन २०२२ मा मेष राशिमा मंगल देवको विशेष कृपा हुने भएको छ । मेष राशिलाई मंगल देवको कृपाको कारण व्यापार व्यवसायमा विशेष लाभ हुने भएको छ । आर्थिक स्थितिमा अप्रिलपछि क्रिमिक रुपमा सुधार हुनेछ । आम्दानीको नयाँ-नयाँ स्रोतहरु मिल्नेछन् । समग्रमा मेष राशिलाई कस्तो रहला सन २०२२ हेर्नुहोस् ।

मेष राशिको प्रेम फल

मेष राशिको लागि सन २०२२ मा लामो समय देखि प्रेम सम्बन्धमा रहेकाको सम्बन्ध विवाहमा परिणत हुनेछ । विवाहितहरुको सम्बन्ध सुमधुर हुनेछ । दाम्पत्य जीवनमा आएको समस्या क्रमश सुधार भएर जानेछ । कुनै पनि निर्णय गर्दा समझदारीमा गर्नु होला अन्यथा समस्यामा पर्न सकिन्छ ।

मेष राशिको करियर फल

मेष राशिको लागि सन २०२२ निकै शुभ रहेको छ । कार्य क्षेत्रमा कामको प्रशंसा हुनेछ । तपाईको कामबाट उच्च अधिकारी प्रसन्न हुनेछन् । आम्दानीको स्रोत बढ्ने छ । व्यापार व्यवसायमा सोचे भन्दा अधिक लाभ हुनेछ । यस वर्ष मेष राशिको लागि मंगल देवको कृपाले आर्थिक क्षेत्र मजबुत हुनेछ ।

मेष राशिको आर्थिक राशिफल

मेष राशिलाई सन २०२२ यस वर्ष भन्दा राम्रो हुनेछ । फसेको लगानी उठ्ने समय रहेको छ । व्यापार व्यवसाय आम्दानी बढ्नुको साथै व्यापार व्यवसाय विस्तार हुनेछ । परिवारबाट आर्थिक पक्षमा पूर्ण साथ मिल्नेछ । विगतमा भएको आर्थिक समस्या यस वर्ष समाधान भएर जानेछ ।

मेष राशिको पारिवारिक राशिफल

सन २०२२ मा परिवारका सदस्य बिच भएको मन-मुटाव समाधान हुनेछ । पारिवारिक सद्भाव बढ्ने छ । मेष राशिको मानिसलाई हरेक काममा परिवारको साथ सहयोग प्राप्त हुनेछ । लामो समय देखि टाढा रहेका परिवारका सदस्यसँग मिलन हुनेछ ।

प्रकाशित : बिहिबार, मङि्सर २३, २०७८१६:०७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलि मङ्सिर २४ गते शुक्रबार: तपाईको स्वास्थ्य अवस्था कस्तो रहला ? हेर्नुहोस् राशिफल !