सबैको घरको भान्सामा नुनको प्रयोग हुने गर्दछ । तर सबैलाई थाहा नहुन सक्छ वास्तु शास्त्रमा यसलाई धेरै समस्याहरू हटाउन सहयोगी मानिएको छ। वास्तुका अनुसार नुनको उपायले राहु दोष पनि हट्छ ।
राहुलाई ज्योतिषमा पाप ग्रह मानिन्छ । यसले मानव मस्तिष्कमा असर गर्छ । साथै यसले व्यक्तिको बुद्धलाई बिगार्छ, जसले गर्दा सही र गलतको भिन्नता देख्न छाड्छ। त्यसतै राहुको अशुभ प्रभाव हटाउनका लागि धेरै उपायहरू बताइएका छन्। तर नुनको प्रयोगबाट राहुको प्रभाव सहित घरको वास्तु दोष हटाउन पनि मद्दत हुन्छ । जान्नुहोस् नुनको विशेष वास्तु उपाय।
बस्तु दोष हटाउनुको साथै मानिबाट राहुको प्रभाव हटाउनको लागि नुहाउने समयमा पानीमा थोरै मात्रामा एक चिम्टी जति नुन मिसाएर नुहाउनाले राहुको प्रभावबाट बच्न सकिन्छ । साथै कुनै किसिमको मानसिक समस्या भएमा त्यसको पनि अन्त्य हुन्छ । यसबाहेक चिन्ता पनि हट्छ। यसका साथै राहु दोषको पनि समाधान हुन्छ ।
यदि घरमा लामो समयदेखि कोही बिरामी छन् र उपचार गरेर पनि खासै परिवर्तन भएको छैन भने यस्ता मानिस सुत्ने ठाउँमा सिसाको भाडामा नुन राख्नु होस् । साथै हरेक हप्ता नुन परिवर्तन गरिरहनुहोस्। नुनको यो उपाय केही हप्ता लगातार यस्तो गर्दा राहुको प्रभाव भएमा समाधान भएर जानेछ ।
घरमा पारिवारिक सदस्यमा एक अर्को बिचमा विवाद भइरहन्छ भने घार मूल ढोकामा रातो कपडामा नुन पोको पारेर झुण्ड्याउनुहोस्। साथै प्रत्येक शनिबार घर सफा गर्नु भदा पहिले केही पानीमा त्यही एक चिम्टी नुन हालेर घरमा छर्कनुहोस् । कुनै प्रकारको मानसिक समस्या वा निद्रा नलाग्ने समस्या भएमा । यसलाई हटाउनको लागि पानीमा एक चिम्टी नुन मिसाएर त्यस पानीले हात खुट्टा धुनुहोस् । त्यस पछि सुत्न जानुहोस्।