कमजोर ‘शुक्र’ ले प्रेम र दाम्पत्य जीवनमा पार्छ नकारात्मक प्रभाव, ज्योतिषका यी सजिलो उपाय छन् विशेष

धन, ऐश्वर्य र विलासिताको कारक शुक्र ग्रह मकर राशिमा प्रवेश गरेको छ । डिसेम्बर ३० सम्म शुक्र यही स्थितिमा रहनेछ । शुक्र २३ दिन मकर राशिमा रहनेछ। जसको प्रभाव मिथुन सहित सबै राशिमा पर्नेछ। ज्योतिष शास्त्रमा शुक्रलाई शुभ ग्रह मानिन्छ । जब व्यक्तिको कुण्डलीमा शुक्र बलवान हुन्छ तब उसलाई सबै सुख सुविधा प्राप्त हुन्छ ।

त्यसतै यदि कुण्डलीमा शुक्र राम्रो छैन भने, धेरै आर्थिक समस्याहरूको सामना गर्नुपर्नेछ। यस बाहेक वैवाहिक जीवन वा प्रेम जीवनमा पनि धेरै कठिनाइहरू आउँछन्। ज्योतिष शास्त्रमा कमजोर शुक्र ग्रहलाई बलियो बनाउने केही विशेष उपायको बारेमा बताइएको छ । यस प्रकार छन् यी विशेष उपायहरु….

शुक्र ग्रहलाई बलियो बनाउने उपाय

– प्रत्येक बिहान सूर्य उदय हुनु भन्दा पहिले शुक्र ग्रहको मन्त्र जप गर्नुहोस्। यसका साथै शुक्रबार राति चामलको खीर बनाएर लक्ष्मीलाई अर्पण गर्नुहोस्। त्यसपछि मात्र आफू र परिवारका सदस्यहरूलाई खुवाउनुहोस्।

– घरको दक्षिण-पूर्व दिशा सधैँ सफा राख्नुहोस्। साथै शुक्रबार व्रत राखी धनकी देवी लक्ष्मीको पूजा आराधना गर्नुहोस् । सफा लुगा लगाउनुहोस् र असल मानिसहरूको सङ्गत गर्नुहोस् ।

भान्सा कोठामा कुनै पनि काम सुरु गर्नुअघि आग्नेय कोणमा दैनिक घ्यूको दियो बाल्नुहोस्। यसबाहेक गाढा कालो र निलो रंग प्रयोग नगर्नुहोस्। शुक्रबार कुमारी केटीलाई भोजन गराउनु होस् । साथै त्यस दिन अन्न दाङ गर्नुहोस् ।

शुक्र ग्रहलाई प्रसन्न पार्न शुक्रवारको दिन कुमारी केटीलाई सेतो रङ्गको वस्तु दाङ गर्नुहोस् । यस बाहेक शुक्रको राशि परिवर्तनको समयमा शुक्रको व्रत बस्नुहोस्। सेतो वा गुलाबी रंगको वस्त्र लगाएर शुक्रदेवको पूजा गर्नुहोस्। यो रङ्ग शुक्र देवलाई धेरै मन पर्छ । यसका साथै शुक्रको नकारात्मक प्रभावलाई हटाउन शुक्रबार माता लक्ष्मीको पूजा गर्नुहोस्।

प्रकाशित : बुधबार, मङि्सर २२, २०७८१५:५४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सूर्यले राशि परिवर्तन् गर्दा बुध-केतुले बनायो युस्तो अद्भुत योग, सबै राशिमा पर्‍यो यसको प्रभाव !