शनिदेवलाई न्यायको देवता मानिन्छ। किनभने शिनी देवले मानिसको कर्म अनुसारको फल दिने काम गर्दछन् । जसले जीवनमा राम्रो काम गर्दछ त्यसलाई शनि देवको कृपा हुनेछ भने जसले नराम्रो काम गर्दछ उसलाई शनि देवको नराम्रो प्रभाव पर्ने मान्यता राहेको छ । शनिको प्रभावबाट कोही पनि बञ्चित हुँदैन, किनभने प्रत्येक ३० वर्षमा शनि सबै राशीमा यात्रा गरेर त्यही राशिमा पुग्छन् जहाँबाट उनले राशिको यात्रा सुरु गरेका थिए ।
ज्योतिषशास्त्रका अनुसार शनि एक यस्तो ग्रह हो जसले हरेक मानिसको जीवनमा प्रभाव पार्छ। यस्तो अवस्थामा शनिदेवसँग डराउनु भन्दा पनि शनिदेवलाई प्रसन्न गर्ने उपाय तर्फ लाग्नु पर्दछ । शनिदेवलाई प्रसन्न पार्न अनेक उपाय अपनाइन्छ तर शनिदेवलाई मनपर्ने एक फूल चढाउँदा पनि शनिदेवका सबै दोषबाट मुक्ति मिल्छ।
शनिदेवलाई आकको फूल असाध्यै मन पर्छ । त्यसैले शनिबारको दिन कुनै पनि शनि देवको मन्दिरमा गएर आकको पूल ढाउँदा शनि देव प्रसन्न हुने मान्यता रहेको छ । यसका अलावा शनिबार उददको दाल दान गर्नुपर्छ । यस दान गरेको कुरा अरूलाई नभन्नुहोस्। किनकि हेरेर दान गर्नुको पछाडी कुनै फाइदा हेरिदैन ।
प्रत्यक मंगलबार भैरवको पूजा गर्नाले शनिदेवको क्रूर दृष्टिबाट बच्न सकिने मान्यता रहेको छ । त्यसैले मंगलबार भैरवको पूजा र जप गर्नुपर्छ । यसबाहेक हरेक साँझ घरमा गुगलको धूप बाल्नुहोस्। यदि तपाइँ केहि गर्न असमर्थ हुनुहुन्छ भने, मंगलबार हनुमान चालिसा अवश्य पाठ गर्नुहोस्। यसका कारण शनिदेवको कृपा कायम रहनेछ ।