शनिदेवको अप्रसन्नताको बारेमा सबैलाई थाहा छ किनभने उनको दुष्ट दृष्टि जीवन बरबाद गर्न पर्याप्त छ। त्यसैले ज्योतिष शास्त्रमा शनिको नराम्रो नजरबाट बच्नको लागि धेरै उपायको बारेमा बताइएको छ । यस बाहेक जसको कुण्डलीमा शनि ग्रह कमजोर छ, उनीहरुले पनि विभिन्न उपाय अपनाउनु पर्ने हुन्छ । तर यो बाहेक व्यक्तिको बानीले पनि शनि ग्रहलाई कमजोर र बलियो बनाउँछ। यदि कुनै व्यक्तिले शनिदेवलाई मन नपर्ने काम गर्छ भने उसको विनाश निश्चित हुन्छ ।
शनि यस्तो ग्रह हो जसले कर्मको आधारमा फल दिन्छ। यदि कुनै व्यक्तिको स्वभाव तथा आचरण राम्रो हुन्छ भने शनिको महादशामा पनि उसलाई सामान्य समस्याको सामना गर्नु पर्दैन। अर्कोतर्फ यदि व्यक्तिको कर्म खराब छ भने, कुण्डलीमा शनिको बलियो स्थितिमा भए पनि विभिन्न समस्याको सामना गर्नु पर्ने हुन्छ।
शनिलाई कमजोर बनाउँछ यस्तो बानीले
– आफूभन्दा वृद्ध, महिला, असहाय व्यक्तिलाई कसैले अपमान गर्नु हुँदैन। तर यदि कुण्डलीमा शनि कमजोर छ भने त्यस्ता कामहरूले तपाईको जीवनमा विनाश ल्याउन सक्छ। त्यसैले यसबाट बच्नुहोला ।
– शनि कमजोर भएमा मासुजन्य चिज खानु हुँदैन, साथै मदिरा, लागूपदार्थ आदिको सेवन गर्नु हुँदैन । यी बानीहरूले शनिलाई अझ कमजोर बनाउँछ, जसले जीवनलाई बरबाद गर्छ।
– अरुलाई झुटो आरोप लगाउनु हुन्न । यस्तो गर्नेलाई शनिले क्रोधित हुन्छन् ।
– कमजोर शनिले चोरी, अपराध जस्ता गतिविधिमा सजिलै धकेल्छ। त्यसैले आफ्नो संगत राम्रो राख्नुहोस्, नत्र खराब कर्ममा फस्न धेरै समय लाग्दैन।
– गल्तिले पनि पशुपक्षीलाई सताउनु हुँदैन । यस्तो गर्ने मानिसलाई शनिदेवले माफ गर्दैनन्।