यी ३ चीजले मान्छेको जीवन बर्बाद पार्छ, तुरुन्तै त्याग्नुहोस्

काठमाडौँ : महाभारत कालका महान विद्वानहरूमा महात्मा विदुर(Vidura)को नाम आउँछ। उनको बुद्धिको कारण नै उनलाई हस्तिनापुरको महामन्त्री बनाईएको थियो। विदुर नीति धृतराष्ट्र(Dhritarashtra) र ज्ञानी विदुर बीच भएको संवादको अंश हो।

ज्ञानी विदुरले आफ्नो नीतिमा केही खास सुझाव दिएका छन्। जसकारण आज पनि ती प्रासंगिक छन्। विदुर नीति(Vidur Niti) अनुसार हरेक व्यक्तिले आफ्नो जीवनबाट केही चिजहरु तुरुन्तै हटाउनुपर्छ। विदुर नीति अनुसार ती ३ चीजहरु के-के हुन् त ?

यी ३ चीज तुरुन्तै त्याग्नुपर्छ

क्रोध : – विदुर नीति अनुसार मानिस क्रोधदेखि होशियार हुनुपर्छ। क्रोधले व्यक्तिलाई आफ्नो वशमा लिए त्यो व्यक्तिले सही र गलतको ख्याल गर्दैन्। यसको साथै क्रोधित मान्छेले सही निर्णय पनि लिन सक्दैन्। जसको फलस्वरुप अरुलाई भन्दा बढी आफैँलाई हानि पुर्याउँछ। यसकारण मान्छेले तुरुन्तै रिसराग त्याग्नुपर्छ।

काम : – महात्मा विदुरका अनुसार अत्यधिक काम:_भावनाबाट मानिस टाढै रहनुपर्छ। अत्यधिक काम:_भावनाले कुनै पनि मान्छेलाई बर्बाद गर्छ। यसकारण जोकोहीँले पनि काम:_)भावना नियन्त्रणमा राख्नुपर्छ।

लोभ : – महात्मा विदुर लोभ मानवको लागि घातक साबित हुन् सक्छ। लोभी व्यक्तिले सही-गलत छुट्याउन सक्दैन्। जुन उसको बर्बादीको कारण बन्छ। विदुर नीति अनुसार यदि व्यक्तिमा आत्मसन्तुष्टिको भावना छैन् भने ऊ कुनै पनि कुराबाट सन्तुष्ट हुन् सक्दैन्।

प्रकाशित : आइतबार, मङि्सर १९, २०७८२०:२३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

२ दिनपछि सुरु हुनेछ यी ४ राशिका सुनौला दिन, दुवै हातमा हुनेछ लड्डु