काठमाडौँ : हरेक बितेको वर्ष र आउँदै गरेको वर्षमा मानिसहरुले थुप्रै आशाहरु राख्छन्। यसमा सबैभन्दा बढी अपेक्षा पैसालाई लिएर हुन्छ। सबैजना आफूसँग धेरै पैसा होस् र ऐशआरामको जिन्दगी बिताउन चाहन्छन्। सन् २०२१ सकिन अब केही हप्ता मात्र बाँकी छ र कतिपयका लागि यी निकै शुभ साबित हुँदैछ। यहीँ मंसिर २२ गते(८ डिसेम्बर) बुधवार विवाह पञ्चमीको दिन शुक्र ग्रहले राशि परिवर्तन गर्दैछ। शुक्र ग्रह धनु राशिबाट निस्किएर मकर राशिमा प्रवेश गर्नेछ, जसले गर्दा ४ राशिका जातकको जीवनमा धन-वर्षात् हुनेछ।
शुक्रको गोचरले वर्षाउनेछ पैसा : –
शुक्र ग्रह भौतिक सुख, वैवाहिक सुख, ऐशआराम, प्रसिद्धि, कला, सौन्दर्य र रोमान्सको कारक ग्रह मानिन्छ। जुन मानिसको कुण्डलीमा शुक्र ग्रह शुभ स्थितिमा हुन्छ, तिनीहरुमाथि माता लक्ष्मीको कृपाले धन वर्षात् हुनेछ। शुक्र ग्रहको यो गोचरले ४ राशिका जातकलाई अत्यधिक लाभ दिनेछ।
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
मशा राशिका जातकहरुका लागि शुक्र ग्रह निकै दयालु रहनेछ। यिनले हरेक काममा सफलता पाउनेछन्। मनग्यै धन लाभ हुनेछ। परिवारमा खुशीयालीपूर्ण माहोल रहनेछ। समग्रमा यो समय निकै सुखद् रहनेछ। पार्टनरसँगको सम्बन्धले नयाँ मोड लिनेछ।
वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
वृष राशिका जातकको लागि पनि शुक्रको राशि परिवर्तन अत्यन्तै शुभ छ। यिनको आय बढ्नेछ। अप्रत्याशित ठाउँबाट धनागमन हुनेछ। आर्थिक सङ्कट समाप्त हुनेछ। सुख-सुविधा र सौन्दर्यमा दिल खोलेर खर्च गर्नुहुनेछ। लामो दूरीको यात्राको अवसर पाउनुहुनेछ। परिवारसँग गुणस्तरीय समय बिताउनुहुनेछ।
मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
मिथुन राशिका जातकको लागि पनि आउँदो समय राम्रो छ। मान-सम्मान बढ्नेछ। पुराना समस्याहरुका समाधान निस्कनेछन्। करियरको लागि राम्रो समय छ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –
शुक्रको कृपाले कन्या राशिका जातकले नयाँ घर-गाडी खरिद गर्नुहुनेछ। शेयर बजार, जग्गा लगायत अन्य क्षेत्रहरुमा लगानी गर्नुभयो भने लाभदायक साबित हुनेछ। पार्टनरसँगको सम्बन्ध राम्रो रहनेछ।