ज्योतिष शास्त्रका अनुसार सबै ग्रहहरूले आ-आफ्नो समयमा आफ्नो राशि परिवर्तन गरिरहन्छन्। यसबाहेक यी ग्रहहरूले एक-अर्कासँग युती बनाउँछन्, वक्री चाल चल्छन् वा केही विशेष योग बनाउँछन्। ग्रह र नक्षत्रहरूको स्थितिमा हुन सबै परिवर्तनहरूले सबै १२ राशि चिन्हहरूमा प्रभाव पार्दछ यी प्रमुख ग्रहहरूमध्ये एक शुक्र ग्रहले ८ डिसेम्बर २०२१ मा राशि परिवर्तन गर्न लागेको छ। शुक्र धनु राशिबाट १२:५६ बजे अलग भएर मकर राशिमा प्रवेश गर्नेछ। आगामी डिसेम्बर ३० सम्म शुक्र मकर राशिमा रहनेछ र यस्तो अवस्थामा केही राशिलाई सावधानी अपनाउनु पर्ने भएको छ । यस प्रकार छन् ती राशिहरु…
मिथुन राशि
ज्योतिष शास्त्र अनुसार यस राशि परावर्तनको समयमा मिथुन राशिलाई सावधानी अपनाउनु पर्ने भएको छ । अचानक धन हानि हुनसक्छ । स्वास्थ्यमा समस्या आउन सक्छ । काममा विभिन्न समस्या आउन सक्छ । आर्थिक कारोबारमा कमी आउनेछ । सन्तान चिन्ता बढ्न सक्छ ।
तुला राशि
दाम्पत्य जीवनमा समस्या सिर्जना हुन् सक्छ । गरेका काम समयमा सम्पन्न नहुँदा चिन्ता बढ्नेछ । शत्रु सक्रिय हुँदा काममा वाधा सिर्जना गर्न सक्छन्। यात्रा गर्दा विशेष सावधानी अपनाउनु होला । अन्यथा चोटपटक लाग्न सक्छ ।
धनु राशि
धनु राशिको लागि यस राशि परिवर्तनको कारण बोलीमा असावधानी अपनाउनु होला । आम्दानीको स्रोतमा कमी आउनाले आर्थिक समस्या सिर्जना हुन् सक्छ । व्यापार व्यवसायमा सोचे अनुसारको आम्दानी हुने छैन ।
मीन राशि
यस राशि परिवर्तनको कारण मीन राशि भएका मानिसको लागि खासै शुभ रहेको छैन । पेट सम्बन्धि समस्याले सताउने छ । काममा पदोन्नति हुने सम्भावना टरेर जानेछ ।