काठमाडौँ : ज्योतिषमा शनिलाई कर्मफलको दाता र भाग्य निर्माताको रुपमा हेरिन्छ। कुण्डलीमा शनि यदि राम्रो स्थितिमा भए हरेक स्थानमा सफलता हासिल हुनेछ। तर शनि गडबड भए जातकले अनेक प्रकारको कठिनाईहरु झेल्नुपर्नेछ। शनिको साढेसाती केही मामिलामा लाभकारी साबित हुनेछ।
जबकि कहिले-काहीँ शनिबाट प्रभावित राशिका लागि यो हानिकारक पनि हुन्छ। त्यहीँ भएर शनिको राशि वाला जातक र साढेसातीबाट पीडित जातक यसको परिवर्तनबाट सतर्क हुनुपर्छ। ज्योतिष अनुसार सन् २०२२ मा कुल ४ राशिमा शनिको साढेसाती रहनेछ। शनि-साढेसाती कुन चार राशिमा रहनेछ त ?
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :
शनि साढेसातीको प्रभावबाट तपाईको साहसमा वृद्धि हुनेछ। सन् २०२२ मा शनिको कृपाबाट भाग्यको सधैँ साथ मिल्नेछ। नोकरीमा उन्नतिको बाटो साफ हुनेछ। कारोबारलाई लिएर सावधानी अपनाउनुपर्नेछ। पारिवारिक कष्टबाट छुटकारा मिल्नेछ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –
कुण्डलीको दोस्रो भावमा शनिको प्रवेश हुनेछ। शनि-साढेसातीको प्रभावले धन-सम्पत्तिमा आर्थिक लाभ मिल्नेछ। विदेश कम्पनीमा लाभ हुनेछ। यद्यपि शनि-साढेसातीको अशुभ प्रभावले अनावश्यक चिन्ता बढ्नेछ। घरायसी मामिलाका समस्याको हल निस्किनेछ। ऋणले अफ्ठ्यारोमा पार्नेछ तर जब साढेसातीको प्रभाव कम हुनेछ, बिस्तारै चिन्ता दूर हुनेछ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –
शनि आफ्नो स्थान बदलेर कुम्भ राशिका जातकको कुण्डलीको पहिलो भावमा आउनेछ। शनि-साढेसातीको प्रभावले राजयोग जस्ता सुख मिल्नेछ। स्वास्थ्यसम्बन्धी समाप्त हुनेछ। फजुल खर्चबाट गर्नबाट आफूलाई नियन्त्रण गर्नुसक्नुहुनेछ। वैवाहिक जीवन र प्रेम जीवनलाई एकदमै सतर्क रहनुहोला।
मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –
सन् २०२२ मा साढेसाती सुरु हुनेछ। यस समयावधिमा अत्यन्तै सतर्क रहनुहोला। खासगरी आर्थिक मामिलामा सोचविचार गरेर निर्णय लिनुहोला। प्रेम जीवन र दाम्पत्य जीवनमा सावधान रहनुहोला। कार्यस्थलमा खासगरी सहकर्मीसँग राम्रो व्यवहार देखाउनुहोला। यसबाहेक बोससँग राम्रो तालमेल बनाएर राख्नुपर्नेछ।