२०२२ यी ६ राशिका लागि सबैभन्दा भाग्यशाली, तपाईको राशि पर्छ कि पर्दैन ?

काठमाडौँ : ज्योतिषका अनुसार यो वर्ष २०२२ यी ६ राशिहरुका लागि अत्यन्तै शानदार रहनेछ। यी ६ राशिका लागि नयाँ वर्ष शानदार मात्र हैन, भाग्य बदल्ने खालको छ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

सिंह राशिका जातकको लागि नव वर्ष सन् २०२२ शुभ र भाग्यशाली रहनेछ। सिंह राशिका जातकलाइ नयाँ वर्षमा थुप्रै नयाँ अवसरहरु मिल्ने योग छ। बस्, तपाईले तिनलाई चिन्न आवश्यक छ। नयाँ वर्षमा मानिसहरुलाई सहयोग गर्न पछाडी नहट्नुहोला किनकी अरुलाई सहयोग गर्दा शुभ परिणाम मिल्नेछ।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

सिंह राशिका जातकलाई जस्तै वृश्चिक राशिका जातकलाई पनि नववर्ष सन् २०२२ मा थुप्रै नयाँ अवसरहरुका लहर लाग्नेछन्। ती अवसरहरु तपाईले सजिलै चिन्नुहुनेछ। तपाईको बच्चैदेखिको सपना यो वर्ष साकार हुनेछ। यो वर्ष ग्रह-नक्षत्र तपाईको पक्षमा छ, यसकारण धेरै भन्दा धेरै लाभ उठाउने प्रयास गर्नुहोला।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

यस राशिका जातकको लागि नववर्ष २०२२ बदलावको दृष्टिले अत्यन्तै शानदार रहनेछ। करियर लाइफमा उन्नति गर्नुहुनेछ। यस वर्ष धन-सम्पत्ति वृद्धि गर्ने कोशिश गर्नुहुनेछ। कार्यस्थलमा तपाईको कामको सबैले प्रशंसा गर्नेछन्। कुल मिलाएर हेर्दा यो वर्ष सुख-सुविधामा बढोत्तरी हुने पूरा सम्भावना छ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

कुम्भ राशिका जातकलाई धन-लाभ नभएपनि आउँदो वर्ष शुभ रहनेछ। नव वर्ष २०२२ मा तपाईको जीवनले सही दिशा लिनेछ। यदि तपाईले आफ्नो प्रेम जीवनमा धेरै उतार-चढाव महसुस गर्दै हुनुहुन्छ भने सन् २०२२ तपाईको लागि निकै शानदार रहनेछ। कडा मेहनत गरे सफलता अवश्य मिल्नेछ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

तुला राशिका जातकको लागि नयाँ वर्ष अत्यन्तै शुभ रहनेछ। तपाईले जीवनमा उल्लेखनीय सफलता पाउनुहुनेछ। तपाईको प्रेम जीवन शानदार रहनेछ। यसको साथै आर्थिक समस्या दूर हुनेछन्। नयाँ अवसर पाउनुहुनेछ र साथै कडा मेहनत पनि गर्नुपर्नेछ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

सन् २०२१ जस्तै नव वर्ष २०२२ पनि तपाईको लागि शुभ रहनेछ। सफलताको पथमा निरन्तर अग्रसर रहनुहुनेछ। आउँदो वर्ष भाग्यले तपाईलाई भरपूर साथ दिनेछ।

प्रकाशित : बिहिबार, मङि्सर ०९, २०७८१६:००

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलि शुक्रबार : आकस्मिक धनलाभ हुने योग छ, शुभ फलदायी रहला तपाईको दिन