बबी देओलसँग इन्टि_-मेट सिन दिएर रातारात लाइमलाइटमा आएकी थिईन् चौधरी, ह:_ट सिन खिच्न सधैँ हुन्छिन् अग्रसर

एजेन्सी : बलिउड अभिनेता बबी देओल(Bobby Deol) को लोकप्रिय वेब सिरिज(Web Series) ‘आश्रम(Aashram)’ मा ‘बबीता’ को भूमिका चर्चाको विषय बनेको छ। यो भूमिका २८ वर्षकी अभिनेत्री त्रिधा चौधरी (Tridha Choudhury) ले निभाएकी थिईन्। प्रकाश झाको यस वेब सिरिजमा त्रिधाले बबीसँग एक से एक इन्टिमेट सिन दिएकी थिईन्। उनी यसैकारण अहिले पनि निकै चर्चामा छिन्। आज उनी आफ्नो २८ औँ जन्मदिन मनाउँदै छिन्। उनको जन्म २२ नोभेम्बर सन् १९९३ मा कोलकोतामा भएको थियो।

बबी देओलसँग वेब सीरीज ‘आश्रम’ मा अभिनय बाहेक उनले साउथ देखि भोजपुरी चलचित्रहरुमा समेत काम गरिसकिन्। केवल वेब शोमा मात्र नभई वास्तविक जीवनमा पनि उनी निकै बो:_ल्ड छिन्। प्राय: ह:_ट एवं बो:_ल्ड तस्बिरहरु शेयर गरी उनी चर्चामा आइरहन्छिन्। उनी आफ्नो सुन्दरताले मानिसहरुलाई मदहोश बनाउँछिन्।

त्रिधा सामाजिक सञ्जालमा निकै सक्रिय छिन्। उनलाई सामाजिक सञ्जाल फेसबुकमा ३.१ मिलियनले फलो गरेका छन् भने इन्स्टाग्राममा २ मिलियन फलोअर्स छन्। उनले बंगाली सिनेमाबाट आफ्नो करियरको सुरुवात गरेकी थिईन्। यसको साथै उनले साउथ फिल्म ‘सूर्या भर्सेस सूर्या(Surya vs Surya)’ मा आफ्नो अभिनय कौशलता देखाईसकिन्।

भोजपुरी सिनेमा पनि त्रिधाले आफ्नो अभिनय एवं लोभलाग्दो अदाको जादू छरिसकिन्। उनले पवन सिंहसँग एक होली म्युजिक भिडियो ‘बबुनी तेरे रंग में’ (Babuni Tere Rang Mein) मा काम गरी तहल्का मच्चाएकी थिईन्।

त्रिधाले सृजित मुखर्जी (Srijit Mukherjee) निर्देशित बंगाली फिल्म ‘Mishawr Rawhoshyo’ बाट आफ्नो अभिनय यात्रा सुरु गरेकी थिईन्। यो फिल्म सन् २०१३ मा प्रदर्शनमा आएको थियो। त्यतिबेला उनी १९ वर्षकी थिईन्।

त्रिधाले सोशल प्लाटफर्ममा ‘आश्रम’ बाहेक सन् २०२० मा रिलिज भएको वेब सिरिज ‘बन्डिश ब्यन्डिट्स (Bandish Bandits)’ मा पनि काम गरिसकिन्।

यसको साथै त्रिधा एक हिन्दी फिल्म ‘चार्जशीट’ मा पनि देखिएकी थिईन्। छिट्टै उनी यशराज फिल्मको ब्यानर अन्तर्गत बन्दै गरेको फिल्म ‘शमशेर(Shamsher)’ मा देखिँदै छिन्। यसमा रणबीर कपूर (Ranbir Kapoor), वाणी कपूर (Vaani Kapoor) र सञ्जय दत्त (Sanjay Dutt) प्रमुख भूमिकामा हुनेछन्।

प्रकाशित : सोमबार, मङि्सर ०६, २०७८११:३२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अभिनेत्री स्वस्तिमा खड्काले पहिलो पटक सार्वजनिक गरिन् यस्तो अवतार, तस्बिर भाइरल हुँदै!