एजेन्सी : बलिउड अभिनेत्री नोरा फतेही आफ्नो डान्स मुव्सले सबैलाई दीवाना बनाउँछिन्। अहिले नोरा आफ्नो नयाँ गीत ‘कुसु कुसु’ को कारण चर्चामा छिन्। यो गीत अहिले युट्युबको ट्रेन्डिङमा रहेको छ। गीतमा नोराले कमालको बेली डान्स गरेकी छिन्।
हालै नोराले यस गीतसँग जोडिएको किस्सा शेयर गरेकी छिन्। नोराले यस गीतको शूटिङमा अहिलेसम्मकै सबैभन्दा खराब अनुभव बटुलिन्। एक अन्तर्वार्तामा नोराले गीतको शूटिङमा लगाएको ड्रेसको कारण निकै समस्या भएको खुलाईन्।
नोरा फतेहीले भनिन्, ‘सेटमा सानोतिनो घटनाहरु घटिरहन्छन्। जस्तो कि घुँडामा चोट लाग्नु, खुट्टाबाट रगत बग्नु आदि साधारण जस्तै भईसक्यो। तर यो गीतको शूटिङमा सबैभन्दा खराब अनुभव बटुले। मेरो हारको निकै गह्रो र कस्सिलो थियो। जसकारण डान्स गर्दा घाँटीमा छिल्न थाल्यो।’
नोराले अझ थप्दै भनिन् – ‘गह्रो हारको दबाबले मेरो घाँटीमा निशान नै बसेको थियो। जस्तो कि कसैले मेरो घाँटीमा डोरीले बाँधेर घिसारेको हो। तर हामीसँग शूटिङको लागि सीमित समय थियो, यसकारण मैले शूटिङलाई निरन्तरता दिईरहे र सिक्वेन्स पूरा गरेपछि मात्र ब्रेक लिए।’