यी व्यक्तिको सम्झनामा अक्षय कुमारले बनाए यस्तो अवस्था, भिडियो हेरेर चिन्न मुस्किल !

यो भिडियो बलिउडका चर्चित अभिनेता अक्षय कुमारको हो । भिडियो सार्वजनिक गर्दै अभिनेताले क्याप्सनमा लेखेका छन्- त्यतिकै।

अहिले बलिउड अभिनेता अक्षय कुमारको एक भिडियो सामाजिक सञ्जालमा भाइरल हुनुको साथै तीव्र रुपमा सेयर भएको छ । सामान्य अवस्थामा बाक्लो कपाल भएको, सामान्यतया निकै ह्या-न्डसम र फिट देखिने अभिनेता अक्षय कुमारलाई यस भिडियोमा निकै फरक देखिएको छ । भिडियोमा अभिनेताको अवस्था पुरै बदलिएको देख्न सकिन्छ ।

 

View this post on Instagram

 

A post shared by Akshay Kumar (@akshaykumar)


यो भिडियो खेलाडी कुमार आफैले आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा सेयर गरेका छन् । भिडियो सेयर गर्दै अक्षय कुमारले लेखेका छन्, ‘त्यतिकै’ आज अभिनेताले उनको आमालाई धेरै मिस गरिरहेका छन् । यस भिडियोमा अक्षय कुमार निकै दुखी र निस्तेज देखिएका छन् । उनको कपाल धेरै बढेको छ र दाह्री पनि सेतो भएको छ। शरीरमा चाउरी परेको पनि स्पष्ट देखिन सक्छ ।

गोल फ्रेमको चश्मा लगाएका अक्षय कुमार अहिले फिल्म ‘राम सेतु’ को सुटिङमा व्यस्त छन् । फिल्मको सुटिङका ​​लागि उनले आफ्नो यो अवस्था बनाएका छन् । तर यो भन्न सकिन्छ कि यस भिडियोमा अक्षय कुमार एकदमै प्राकृतिक देखिन्छन् । यो भिडियो सुटिङका ​​क्रममा उनी कहाँ थिए भन्न नसके पनि तर यो भन्न सकिन्छ की यस समयमा उनले आफ्नी आमालाई मिस गरिरहेको देखिन्छ ।

बलिउड अभिनेता अक्षय कुमारको आमाको केही समय पहिले निधन भएको थियो । आमाको मृत्युको खबर सुनेपछि अक्षय कुमार सुटिङ छोडेर सिधै मुम्बई गए र त्यसपछि केही समयसम्म अभिनेता निकै निराश देखिन्थे । वर्क-फ्रन्टको कुरा गर्ने हो भने अक्षय कुमारका धेरै फिल्म रिलिजको तयारीमा छन् । ‘पृथ्वीराज’ को ट्रेलर केही समय पहिले सार्वजनिक भएको थियो ।

प्रकाशित : बुधबार, मङि्सर ०१, २०७८१५:११

आफ्नो मत ब्यक्त गर्नुहोस् :

नुसरत भरूचाको हरर फिल्म ‘छोरी’ को डरलाग्दो ट्रेलर हेर्नुस्, हुन्छ आङ्ग जिरिङ्ग