एजेन्सी : विशाल फुरिया द्वारा निर्देशित फिल्म ‘छोरी (Chhorii)’ मराठी फिल्म ‘लपाछपी(Lapachhapi)’ को रिमेक हो। फिल्ममा नुसरत भरूचा (Nushrratt Bharuccha), मिता वशिष्ठ(Mita Vashisht), राजेश जायस, यानिया भारद्वाज र सौरभ गोयल लगायतका कलाकारहरुको अभिनय रहेको छ । ‘छोरी’ २६ नोभेम्बरमा भारतमा प्राइम भिडियोमा र दुनियाँभरका २४० भन्दा बढी देश र क्षेत्रहरुमाहरुमा प्रिमियरको लागि तयार छ।
प्राइम भिडियोले सोमबार अमेजन ओरिजिनल फिल्म ‘छोरी’ को ट्रेलर लन्च गरेको हो। विशाल फुरियाद्वारा निर्देशित र भूषण कुमार, कृष्णन कुमार, विक्रम मल्होत्रा, ज्याक डेविस र शिखा शर्माद्वारा संयुक्त रूपमा निर्मित ‘छोरी’ एक पुरस्कृत एवं समिक्षकहरुबाट प्रशंसित मराठी फिल्म ‘लपाछपी’ को हिन्दी रिमेक हो।
ट्रेलरले तपाईलाई ‘छोरी’ फिल्मको दुनियाँको एक झलक दिन्छ, जसमा साक्षी(नुशरत भरूचा) ले राक्षसको सामना गर्छिन्। हरेक दृश्यसँगै तनाव बढ्दै जान्छ। साक्षीको खोजले दर्शकलाई यस्तो यात्रामा लिएर जान्छ, जसमा हरर, रोमाञ्च र थरथराहटपन महसुस हुन्छ।
नुसरत भरूचा भन्छिन्, ‘हरर जस्तो एक नयाँ र अनौठो विधामा कदम राख्नु एक चुनौतीपूर्ण र रोमाञ्चक अनुभव हो। फिल्मको कहानी हररमा एङ्कर गरिएको छ, जसले कहानीलाई अझ डरलाग्दो बनाउँछ।’
ट्रेलर यहाँ हेर्नुहोस् : –